लियो मणिमुकुन्द युथले स्वास्थ्यसंगै शिक्षाको क्षेत्रमा काम गर्ने

497

लियो मणिमुकुन्द युथले स्वास्थ्यसंगै शिक्षाको क्षेत्रमा काम गर्ने

लियो क्लव अफ बुटवल मणिमुकुन्द युथमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा क्लवका निर्वतमान अध्यक्ष सन्तोस खरेलले नव निर्वाचित अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा निवर्तमान अध्यक्ष खरेलले आफ्नो कार्यकालमा भए गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो भने नवनिर्वाचित अध्यक्ष पराजुलीले आफूले एक वर्षमा गर्ने कामहरु योजना प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको क्लवले अव शिक्षालाई पनि जोडेर संगै अंगाडी बढाउनु बताउनु भयो ।
त्यस अवसरमा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष एवं डिस्टिक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीले क्लवको गतिविधिलाई सामाजिक सेवासंग जोडेर लैजान सुझाव दिनुभयो उहाँले लायन्स अभियानमा लियोको महत्वपूर्ण भूमिका रहेको बताउदै भूमिकालाई अझै वढाउनु पर्नेमा जोड दिनुभयो ।
लायन्स क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष यदुमणी पोख्रेलले लायन्स र लियो मिलेर क्वलको सामाजिक कार्यलाई अझै उचाईमा लैजान सकिने धारणा राख्नुभयो । त्यसै अवसरमा क्वलका निवर्तमान सचिव अनुप थापाले नवनिर्वाचित सचिव अमृत वस्याललाई माईन्यूट हस्तान्तरण गर्नुभएको थियो ।