बुटवलमा पनि २४ औं अन्र्तरिाष्ट्रिय अपाङ्गता दिवस मनाइयो

764

बुटवलमा पनि २४ औं अन्र्तरिाष्ट्रिय अपाङ्गता दिवस मनाइयो

3
बुटवल,मंसिर । ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताका ब्यक्तिहरुकालागी पहुँच र सशक्तिकरण’ भन्ने मुल नाराका साथ २४ औं अन्र्तरिाष्ट्रिय अपाङ्गता दिवस बुटवलमा पनि मनाईएको छ । राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीको आयोजनामा बुटवलको ट्राफिक चोक देखि विभिन्न प्लेकार्ड सहित ¥याली बुटवल बहुमुखी क्याम्पमा पुगेर सभामा परिरण भएको थियो ।
उक्त कार्यक्रममा बोल्ले अधिकांस बक्ताहरुले अपाङ्गता जो सुकै व्याक्ति जतिवेला पनि हुने सक्ने भन्दै अपाङ्गता भएका व्याक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन सुझाव दिए । कार्यक्रममा बोल्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल ले अपाङ्गता विषय सबैको साझा सवाल भएको भन्दै अपाङ्गता भएका व्याक्तिहरुले अवसर पाएमा अन्य साङ्गव्याक्तिहरुले भन्दा पनि फरक काम गरेर उदाहरणीय बन्न सक्ने र यसको लागि उनीहरुलाई हेर्ने पुरातनवादी सोचमा परिर्वतन ल्याउनुपर्ने धारणा राख्नु भयो । उहांले राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलको आफ्नो भवन नभएको कारण केही समस्याहरु भएको खबर आफुले जानकारी पाएको भन्दै उपयुक्त स्थानमा भवन निर्माणको लागि जग्गा प्रदान गर्ने आफुले कुनै कसर बाँकी नराख्ने समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुर थापाले सम्पूर्ण अपाङ्गता भएका वालवालिकाहरुले निःशुल्क रुपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने आधारभुत अधिकार भएकाले कुनै पनि वालवालिका शिक्षाबाट बञ्चित हुन नपाउने वातावरण सृजना गर्नको लागि आग्रह गरेको बताउनु भयो ।
। उहांले पनि कुनै पनि व्याक्ति अपाङ्गता हँुदैमा उसको ‘फरक क्षमता’ मा कुनै प्रभाव नपर्ने भन्दै सबै अपाङ्गता भएका व्याक्तिहरुलाई समाजमा समान व्यवाहार गर्नुपर्ने धारणा राख्नु भयो ।सोही कार्यक्रममा सञ्चार क्षेत्रबाट अपाङ्गता क्षेत्रका कुरा सम्प्रेषण गरेको भन्दै बुटवल टुडे दैनिकका पत्रकार कृष्ण खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा अपाङ्गता भएका नव विवाहित जोडी रुपा वराल र सुनिल सुवेदी, अभिषेक कडेरीया, टिका बहादुरा राना र उमा राना लाई सम्मान गरिएको थियो । त्यस्तै अन्र्तराष्ट्रिय पाराओलम्पीका उपाधि विजेता ईन्द्र शर्मा लाई समेत सम्मान गरिएको थियो ।