नदि किनारको रुख जस्तो कठोर युवा पुस्ता

1.3K

नदि किनारको रुख जस्तो कठोर युवा पुस्ता

हरिकृष्ण अधिकारी /

(भोगाइ र दृष्टिकोण – नेपालको द्वन्द्वकालमा जवान हुँदै गरेका सधैं धोकामा रहेको युवापुस्तामा समर्पित ।)

कसैले जवान रहदा जनयुद्ध र जनआन्दोलमा प्रयोग गरेर सत्ता प्राप्ति गरे कसैले छिटो सत्ता प्राप्तिको लागि प्रयोग गर्दै गरेको मनसाय प्रष्ट हुन्छ । हामी सत्ता होइन सस्कार परिवर्तन गर्न चाहन्छौ । त्यसैले अहिलेको समयमा सत्ताको लागि राजनीति गर्नेको नजरमा उद्दण्ड देखिनु स्वभाभिक हो । तपाईंहरुको पुस्ताले हामीलाई धेरै प्रयोग गर्याे । आशा नगर्नुस् अब यो पुस्ता त्यति सजिलै प्रयोग हुदैन । “विकल्प खोज्ने कि आफै बन्ने’’ “भन्ने प्रश्न बोकेर मैदानमा उत्रिएको पुस्ता हो तपाईंहरुको धोकालाई पीडा होइन शक्तिमा परिणत गर्न सक्ने क्षमता यो पुस्ता सङ्ग छ । कमजोर आकलन नगर्न र शब्द छनौट गर्दा हेक्का राख्न तपाईंहरुको रिटायर्ड पुस्तालाई चुनौती छ । तपाईंहरुको त्याग मात्रै ज्ञानेन्द्रीयले त्याग्ने कुरा बाहेक केहि छैन हामी परिवर्तनको लागि आत्म त्याग्न तयार रहेको युवा पुस्ता हो । तपाईंहरुलाई अभिभावक मानेको हो देवत्वकरण गर्न सकिदैन । देवत्वकरण जरुरी पनि छैन आफूलाई सर्वज्ञानी देख्न थाल्नु भनेको कमिलाको पखेटा जस्तो हो । पखेटा आएर उड्न सक्दा कमिलालाई पनि गर्व लाग्छ तर त्यसपछिको अन्त्यको उसलाई ज्ञान हुदैन ।
आज म एक त्यस्तो पात्रको जिन्दगी सङ्ग समग्र त्यो समयका युवा पुस्ताको भोगाइप्रति दृष्टिकोण बनाउदा नदि किनारको रुख जस्तो ठान्दैछु । मेरो मस्तिष्कको ठम्याई गलत नभए त्यो आत्मीय मित्र ठिङ्ग उभिएको बगर छेउको रुख जस्तो लाग्छ । रुख पनि कतिबेलाको बाढीले ढाल्ने हो थाहा हुदैन अनि मित्रलाई पनि कतिबेला चोटले बिक्षिप्त पार्ने हो पत्तो हुदैन । उसले मलाई भन्नेकुरा मेरो मस्तिष्कले आफुले भोगेको सम्झन्छ र त्यसमा दृष्टिकोण बन्छ । परिवर्तनशिल समयको बेगले मानिसलाई कहाँबाट कस्तो रुप दिन्छ भन्ने अन्दाज पनि गर्न सकिदैन रहेछ । पहाडको पाखामा हुर्केको मित्र सधैं अर्कोको सहयोगमा समर्पित जीवन जिउँदै हुर्कियो । त्यो पहाडी क्षेत्रमा एकाअर्कालाई सघाएर नै सबै काम सम्पन्न गरिन्थ्यो । त्यहाँ पैसाको भन्दा इमानदारी र उत्कृष्टतालाई महत्व दिइन्थ्यो । त्यो इमानदारीता हृदयमा बोकेर उच्चशिक्षाको लागि शहर पस्दा बल्ल थाहा पायो एकै देशका नागरिक बीचमा रहेको भेदभाव र सिकाइ बिचको अन्तर, आफ्नो सहपाठीसंग पनि भाषा र पिछडिएको क्षेत्रमा हुर्केका कारणले अपमानित हुँदा आफुलाइ कमजोर ठान्थ्यो । त्यो समयमा मेरो बिचारले उनलाई सम्झाउथे नडगमगाउनु एकदिन तिम्रो सहपाठीहरु तिम्रो बाहिरी आवरण, भाषा र ठाउँलाई भुल्ने छन् त्यो दिन सबै आफ्ना हुनेछन् । त्यहाँ उ शिक्षा र स्वास्थ्यका माफियाबाट ठगियो । त्यसतर्फ नलागौ कुनै समयमा चर्चा गर्नेछु ।
द्वन्द्वको आतंकले जर्जर हुँदाको बेलामा गाउँ फर्कदा बिशौ ठाउँमा सुरक्षा जाचको नाममा झोला खोल्न र हिंड्न पर्ने बाध्यताले दिक्क मान्थ्यो । मैले भन्ने गर्थे हेर हाम्रो पुस्ताको सचेत वर्गले चासो नदिदा लुटपाट गरेर अधिकार जमाउने र शासन गर्न खोज्नेको कारणले यस्तो भएको हो । सचेतहरु दुःख पाउदा पनि चुप छन् । यो मौनता तोड्नुपर्छ र यिनले सत्ताको स्वादका लागि मात्रै द्वन्द्व गर्दैछन् र नागरिकलाई दुख दिदैछन् । जनयुद्धको नाममा आफ्नो बिरोधिलाई मार्न सुरु गरेका छन् र बैचारिक बिचलन सुरु भएको छ । आम्दानीको श्रोत के होला भनेर सोध्न नपाउदै खुलेयाम भन्नू हुन्छ ? हामी जोगि बन्न राजनिती गरेको होइन । अब भन्नुस् तपाईं हाम्रो पुस्ताले के राजनीतिलाई पेशा बनाएको कुरा स्वीकार गर्न सक्छ ? हाम्रो पुस्ताले यस्तैको लागि युद्ध लडेका थियो ? यो २०५७÷५८ सालतिरको कुरा हो तर त्यो विश्लेषण चरितार्थ भएको छ । भलै कोही सच्चा हुनुहुन्थ्यो उहाँहरु अहिले कता हुनुहुन्छ भनेर खोज्नु पर्छ । आन्दोलन कस्का लागी र किन थियो ? त्यो सबैको फरक दृष्टिकोण हुन सक्छ तर त्यो नरसम्हार यति मात्रै परिवर्तनको लागि आवश्यक थिएन भनेर मित्रले पहिले पनि भन्थ्यो, अहिले पनि भन्छ र यो कुरामा बहस गर्न तयार छ । त्यो बेलामा ठिक हो भन्नेहरु अन्ततः अहिले फरक यात्रा तय गरेका छन् । त्यो यात्रा गन्तव्यहिन थियो । एक राजा फालेर हजारौं राजा बनाउन गरिएको थियो भनेर जन–जनले स्वीकार गरिसकेका छन् । हिंसात्मक आन्दोलनको बिपक्षमा भएतापनि शान्तिको पक्षमा भएकोले मित्र र म स्वतस्फूर्त रुपमा २०६२÷६३ आन्दोलनमा सहभागी भयौं । हामीलाई स्विकार्य थिएन कि कोही जन्मजात नै देशको प्रमुख बनोस् । मित्रसंगै म पनि यो जन्मभुमिमा जन्मिएको कारणले अपमानित महसुस गर्थे । त्यो बेला हामीले लगाएको नारामा संघीयता र धर्म निरपेक्षता कतै थियो जस्तो लाग्दैन । अनि राष्ट्रपति पनि हैसियत बिनाको सस्था बनाउन भनेर १९ दिनसम्म काठमाडौको रिङ्रोड परिक्रमा गर्ने, घाइते हुने र कति मित्रहरूलाई शहिद बनाउन गरिएको थियो जस्तो लाग्दैन । प्रत्यक्ष शासन गरेको राजालाई हटाएर कार्यकारी राष्ट्रपतिको परिकल्पना गरेर नै सडकमा लाखौं नागरिक निस्किएका थिए । त्यही आशामा कोहि भित्ते राष्ट्रपति पनि बन्न सफल भए । संघीयता र धर्मको कुरा कहाँबाट आयो त्यसको बिरोध होइन जसरी लागु गरियो त्यो गलत छ भन्ने मेरो मित्रले मात्रै होइन सबै नागरिकले भनेका छन् । नागरिकको चित्त बुझाउन (जनमत संग्रह) लोकतान्त्रिक प्रक्रिया अपनाउनु पर्छ । मित्रको खण्डन त पहिलेको वार्ड अझै बढी तल्लो स्थानीय नागरिकसम्म सरकार थियो तिनलाई अधिकार सम्पन्न बनाउनु पर्ने तर अहिले सिङ्गो गाउँ बिकास समितिलाई नै वार्ड बनाइएको छ । कसरी बिकेन्द्रिकरण भयो ? नागरिकलाई स्थानीय निकाय नजिक हुनुको साटो झन टाढा पुर्याइएको छ । प्रदेश सरकारले अहिले के गरेको छ ? प्रदेश सरकारको औचित्य के का लागि हो ? के प्रदेश सरकार धेरै वर्ष चुनाव नभएकोले संघ चुनावमा आफ्ना पार्टीका नेताकार्यकर्तालाई चुनाव क्षेत्र बाढ्न गाह्रो हुने र नेताहरु पनि धेरै भएकोले थन्क्याउने थलो बनाइएको त होइन ? भन्ने प्रश्न मित्र बारम्बार गर्छन ।
माथिका अनुत्तरित सबै प्रश्नको उत्तर दिन गाह्रो भए पनि यति भन्न सक्छु “मित्र ! तिम्रो पुस्ताको युवा नदि किनारको रुखहरु जस्तो भयो । केहीलाई जनयुद्धको भेलले शहिद बनायो, केहीलाई तराई आन्दोलनको भेलले शहिद बनायो, केहीलाई जनअन्दोलनको भेलले शहिद बनायो, बाचेकाहरु केहीलाई बगाएर खाडिको मरुभूमिमा भेडा चराउन पुर्यायो । चाडै किनारामा पुग्नेहरुलाई युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता विकसित मुलुकको नागरिक बनायो । अब नदिको किनारमा बाँचेका तिमि जस्ता मध्ये कोही भेल सङ्गै बगेका र बग्न तयार भएकाहरु हरेक बर्ष आउने बजेट, योजना, ठेक्का पट्टा, संसद बिकास कोष र प्रधानमन्त्री रोजगार कार्यक्रम रुपि (नितिगत भ्रष्टाचार रूपी) पागो माटो पाएर बाचेका छन् । त्यही पनि चुनावरूपी भेलले बगाइदिने हो कि भन्ने डर त्रास सधैं छ । भेलसंगै न बग्ने र यस्तो भेल सधैं हुँदैन शान्त नदिमै रमाउनु पर्छ, भेलले असर गर्न दिनु हुदैन भन्नेहरु कहिले नागरिक अभियान बनेर, कहिले एक दुई जना पात्रको चर्को भाषण सुनेर, कहिले विकसित मुलुकको सुबिधा छाडेर रातदिन नभनी नेपालीको दुःखलाई समाचार बनाएर आशा जगाउदै उद्दार गरेको देखेर, कोही आशा र सम्भावनाका बैकल्पिक बिरुवा देखेर अब भेलको अन्त्य हुन्छ यिनिहरु बढेर हरियाली छहारी दिने र बलिया जरा बनाए भने हामी जोगिन्छौ भनेर नदि भन्दा परको पागो माटोतिर आँखा तर यता नदिको किनारमा चोट खेप्नेहरुलाई तिमीहरूले असल काम गरेका छौ भन्नुको कुनै अर्थ छैन । यिनैले नदिलाई सिधा बाटोमा हिडाउछ्न खेतलाई हराभरा बनाउछन् अनि हामी सुरक्षित हुन्छौं भनेर दिवा सपना देखेर बस्यौ भने बैशाख, जेष्ठको गर्मीले नदि सुक्दा बगरमा दुई, चार मात्रै रुखहरु बाकी हुँदा फेरि फोहर मिसिएको बाढीले तिनीहरुलाई त राख्दैन राख्दैन पागोतिर आँखा हुनेहरु पनि त्यहीँ फोहोर बाढीमा बिलय हुनेछन । कम्तिमा हजारौं रुखसंगै भयो भने फोहोर नदिको बहाव नै परिवर्तन गर्न सकिने छ र त्यो फोहर नदिमा जम्मा भएको (नितिगत भ्रष्टाचार गरेको अकुत सम्पत्ति) पागोलाई खेतमा लगाउन पायो भने बल्ल हरियाली फाँट तयार हुनेछ । यो बाढीका मुलहरु आफु कहिले नदिसंगै बग्नेलाई चारो हाल्दै बसे, कहिले नदिले किनारमा पुर्याएकाहरुको साथ माग्दै हिडे, कहिले चाडै किनार लागेकाको पसिनाको रेमिट्यान्सले आफ्ना सुबिधा भोग गरे । रेमिट्यान्स पठाउनेहरुलाई अहिलेको विषम परिस्थितिमा दूतावासको दैलोमा जिवनको भिख माग्ने बनाएका छन् त कसैलाई दैलोमा आइपुग्दा आफ्नो घरमा छिर्न नदिएर कर्णाली नदिमा हाम फाल्न बाध्य बनाएका छन् । नदि किनारका जिवितहरु सङ्ग कहिले करका नाममा, कहिले निति र नियमका नाममा हरियाली हुँदै गर्दा काटेर उजाड बनाउछन त, कहिले बिपद्मा पर्दा संरक्षण गर्ने होइन राजुलाई जस्तै दुषित खाना दिन्छन् बिरामी बनाउछन् अनि जिवनजल पानी पनि नदिएर छट्पटी गराएर हत्या गर्छन् । त्यसैले मित्र किनारमा हुनेलाई साथ देउ पागोको आश नगर यो पुस्ताले हाम्रो पुस्ताको नेतृत्व गर्दैन खाली अभिभावक बन्न सक्छ । “एउटा पुस्ताको त्याग र बलिदान बिना देशले काचुली फेर्दैन’’, त्यो सुनौलो इतिहास बनाउने जिम्मेवारी हाम्रो पुस्तामा आएको छ । त्यागको नाममा आफ्नो मल र मुत्र मात्रै त्याग्न सक्ने र त्यागको ब्याज खोज्नेले होइन ! आफू जलेर खरानी हुँदा पनि त्यो खरानी बिभूती हो भनेर कसैले निधारमा लगाउन सक्ने समाजका जल्दा बल्दा युवा अब निस्कनु पर्छ होइन भने तपाईं त बन्नु होला तपाईंको छोरा, नातिको पुस्ता यो देशबाट बिलय हुनेछन् । हाम्रो पुस्ता पनि धेरै विलय भैसकेको छ बाकीले अर्को पुस्तालाई बिलय हुनबाट जोगाउने जिम्मेवारी हाम्रो काधमा आएको छ । एक पटक गहिरिएर मनन गरौँ पागो माटोको रस खाएर बस्ने कि नदिको दिशा नै परिवर्तन गर्ने ? मित्रलाईसंगै तपाईंलाई पनि आग्रह गर्छु ! निर्णय गर्ने जिम्मेवारी हजुरहरु हातमा सुम्पिछु ।

(लेखक साझा पार्टीका प्रदेश नं. ५ सचिवालय प्रमुख हुनुहुन्छ ।) -hksmg2020@gmail.com