बुटवलको सबैभन्दा पुरानो लायन्स क्लव अफ बुटवलमा गभर्नर भिजिट कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर शम्भू नकर्मीले लायन्स क्लव अफ बुटवलले यस क्षेत्रमा मात्रै नभएर देशभरीका क्लवहरुलाई लिड गर्ने बताउनु भयो ।
उहाँले आफूले अंगाडी सारेका कार्यक्रमहरुमा साथ दिन आग्रह गर्दै लायन्स क्लव अफ बुटवलको गतिबिधिले लायन्स क्लवको साख माथि उठाएको औंल्याउनु भयो । त्यस अवसरमा क्लवका अध्यक्ष सञ्जय कलवार जैसवालले क्लवले चालु वर्षमा अंगाडी सारेका कार्यक्रम सहित नियमित रुपमा सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।
क्लवले यो वर्ष आँखा दान, आँखा शिबिर, मोतियाबिन्दु शल्यक्रिया शिबिर लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको जानकारी गराउनु भएको थियो । लायन्स क्लव अफ बुटवलले लायन्स आँखा अस्पताल समेत सञ्चालन गरेको छ भने आँखा शिबिर सहितका सामाजिक सेवाका कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
त्यसै अवसरमा लायन्स क्लवका फष्ट भाईस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लव अफ बुटवलले गरेका काम देखाउनकालागि देशभरीका क्लवहरुलाई भिजिट गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लवका संस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, क्लवका पूर्वअध्यक्ष तथा पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, पूर्वअध्यक्ष तथा डिष्ट्रिक स्ट्याटेजिक चिफ अर्जुनमान सैजु, क्लवका सचिव प्रतिक पोखरेल लगायतले ३८ वर्षको ईतिहास बोकेको क्लवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझै परिस्कृत भएर अंगाडी बढ्ने बताउनु भएको थियो ।