देवदहमा सवारी दुर्घटनामा परी ४ जना घाईते

1.3K

देवदहमा सवारी दुर्घटनामा परी ४ जना घाईते

रुपन्देहीको देवदहमा शनिवार साँझ कार र मिनि ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । देवदह नगरपालिका–९ घोडाहा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा १० च २२१७ नं. को कार र बिपरित दिशाबाट जादै गरेको ना ७ ख ४९४७ नं को मिनि ट्रक एक आपसमा ठक्कर खाँदा कारमा सवार ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा कंचनपुर जिल्ला बेतकोट नगरपालिका– ७ की ५५ वर्षीय देवकी जोशी, सोही ठाउँकै ५६ का आनन्स प्रसाद जोशी, भिमदत्त नगरपालिका–१८ कटानका २६ वर्षकी सरीता पन्त र उनका ३० वर्षका श्रीमान् बिरेन्द्र बिष्ट रहेकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाईते भएका उनीहरुको अहिले देवदह मेडिकल कलेज भलुहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।