कपिलवस्तुको नेपाल राष्ट्रिय मा. वि. नमुना विद्यालयको रुपमा छनोट

1.7K

कपिलवस्तुको नेपाल राष्ट्रिय मा. वि. नमुना विद्यालयको रुपमा छनोट

कपिलवस्तुको शुद्धोधन गाउपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शुद्धोधन गाउपालिका ४ औरहिया मुडफुटुवा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट गरेको हो ।
केन्द्रबाट आर्थिक बर्ष २०७६÷०७७ मा नमुना विद्यालयका लागि आवेदन भरेको यस विद्यालयले आवश्यक मापदण्ड पुरा गरेका कारण नमुना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य लालचन्द्र पाण्डेले बताउनुभयो ।

विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाई गर्न ट्रेनिङ हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र छात्राको अलग शौचालय लगायतकोे भौतिक पुर्वाधारलाई मापदण्ड बनाई नमुना विद्यालय घोषणा गरिएको हो । त्यस्तै इन्डोर र आउटडोर खेलमैदान , विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेट सहित कम्प्यूटर, फोटोकपी मेसिन, बिषयगत र अन्तर बिषय पुस्तकहरु, पत्रपत्रिका भएको हुनुपर्ने मापदण्ड रहेको छ । सो मापदण्ड विद्यालयले पुरा गरी नमुना विद्यालय घोषणा भएको हो ।

नेपाल राष्ट्रिय माविमा हाल कक्षा १ देखि १२ सम्म १ हजार ६ सय ५० जना विद्यार्थी अध्यानतरत रहेका छन् । कक्षा १ देखि ५ सम्म अग्रेजी र नेपाली दुवै माध्ययममा समेत अध्यायापन गराउदै आएको उक्त सामुदायिक विद्यालयले प्राविधिक तह तर्फ डिप्लोमा ईन सिभिल ईन्जीनियररिङ्ग र जियोमेटिक्स विषयमा समेत अध्ययापन हुदै आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअका अनुसार प्राविधिक तर्फ २० जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका बताउनु भयो । उहाँले ८ कोठाको छात्राबास बनिसकेको र थप १२ कोठा थप्ने, प्राबिधिक बिषय अर्को थप गर्ने, जिवन उपयोगी सीप अनिवार्य सिकाउने, सबै भन्दा अनुसासित बतावरण तैयार पार्ने , शिक्षकले आफ्ना छोरा छोरीलाई निजि विद्यालयमा पढाउन नपाइने, जिल्लाभरको विद्यालयको भन्दा धेरै विद्यार्थी संख्या बनाउने,क्रमशः १२ कक्षा सम्म नै अंग्रेजी र नेपाली दुवै माध्यम बाट पढाउने लगायतका योजनाहरु रहेको बताउनु भयो ।

आर्थिक बर्ष २०७६÷०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १ सय ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गर्न आहवान गरिएको थियो । जस अनुसार नेपाल राष्ट्रिय माविले पनि आवदेन भरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर १ हजार नमुना विद्यालय बनाउने लक्ष्य राखेको छ । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मन्त्रालयले सन् २०२२ सम्ममा १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको हो । मन्त्रालयले प्रदेश सरकार मातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी समेत गरेको छ । जसमा एक स्थानीय तह एक नमुना विद्यालय हुनुपर्नेछ ।