कृष्ण पहाडी सहित दुई दर्जन मानवअधिकारवादी पक्राउ

1.3K

कृष्ण पहाडी सहित दुई दर्जन मानवअधिकारवादी पक्राउ

aaaadfgdsgd

काठमाडौं– लैनचउर स्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित दुई दर्जन अधिकारवादीलाई प्रहरीले पक्राउ गरेको छ। ‘नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकाबन्दी मानव अधिकारमाथिको कुठाराघात हो’, भन्ने नारा सहित शान्ति समाज १० दिवसीय अभियानमा छ।

सोही अभियान अन्तर्गत भारतीय दूतावास अगाडि धर्ना दिन गएका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो। धर्ना सुरु गर्ना साथ समाजका संस्थापक कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल, अधिकारकर्मीहरु पुष्पा केसी, प्रताप पौडेल, बटुकृष्ण ढुङ्गेल, रत्नलक्ष्मी श्रेष्ठ, रमेश सिम्खडा, रामकृष्ण बराल, जयराम पुडासैनी, रेणुका काउचा, गोकर्णमणि पुडासैनी, जानुका पन्त, गणेशकृष्ण रंजित, प्रदीप पौडेल, वि. पौडेल, लोकेन्द्र थापा, समिर केसी, जीवन शर्मा, राजेश उपाध्याय, अनिल तिवारी, वि.के. गुप्ता, विवेक ओझा छन्।