नेकपाको विवाद र स्थायी कमिटी बैठक

736

नेकपाको विवाद र स्थायी कमिटी बैठक

नेकपाको आन्तरिक विवादका कारण गत असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक प्रभावित हुँदै आएको छ । आन्तरिक विवाद समाधान नभएकै कारण आज बस्ने भनीएको स्थायी कमिटी बैठक आठौं पटक पुनः स्थिगित भएको छ ।
पार्टीका दुई अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित भएको बताईएको छ ।
पार्टीको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको राजिनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो । बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि विच्किएका ओलीले दुबैपद नछाड्ने अडानमा छन् भने अर्का अध्यक्ष प्रचण्ड नेता माधवकुमार नेपाल झलनाथ खनाल राजिनामा गर्नुपर्ने बताउँदै आएका छन् ।
राजिनामा माग भएपछि प्रधानमन्त्री ओलीले चलिरहेको बजेट अधिवेशन समेत एकाएक अन्त्य गरेर आफूले दुबैपदबाट राजिनामा नदिने बरु आफूलाई जे सकिन्छ त्यहि गर्न चुनौती दिँदै आएका छन् । स्थायी कमिटीमा अल्पमतमा रहेका ओलीको चुनौतीकै कारण बहुमत बन्दक बनेको छ । ओलीलाई पेलेर बहमतका आधारमा निर्णय गर्दा ओली झनै बिच्किएर पार्टी फूटाउन सक्ने भयले गर्दा बहुमतले निर्णय लिन समेत समस्या भएको हो ।
ओलीको चुनौतीसंगै स्थायी समितिमा या ओलीलाई जहाँका त्यही राखेर निर्णय गर्नुपर्ने छ अथवा पार्टी फुटे फूटोस भन्ने चुनौतीको सामना गरेर निर्णय गर्नुपर्ने अवस्था आएको छ । पार्टीको उत्पन्न विवाद समाधानकालागि दुई अध्यक्ष बिचमा पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन भने सचिवालय बैठकले पनि निकास निकाल्न सकने ।

ओलीको एकल निर्णयबाट बैठक स्थगित

आज ११ बजे बस्ते तय गरिएको स्थायी कमिटी बैठक प्रधामन्त्री समेत रहेका ओलीको स्कल निर्णयमा स्थगित भएको छ । पार्टीका अध्यक्ष प्रचण्डले बैठकका लागि बाटोमा बैठक स्थगित भएको थाहा पाएको बताएका छन् । यद्यपी बैठककालागि भन्दै नेताहरु बालुवाटार पुगेका थिए ।