बाबुरामको पार्टी परित्याग नियोजित : प्रचण्ड

1.3K

बाबुरामको पार्टी परित्याग नियोजित : प्रचण्ड

pra

काठमाडौं, मंसिर/एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सहकर्मी बाबुराम भट्टराईको पार्टी परित्याग आवेगमा नभई नियोजित रुपमा चालिएको कदम भएको बताएका छन्lपार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डले यस्तो धारणा राखेका हुन्l‘नयाँ संविधान प्रति भारतीको असन्तुष्टी र नेपाल माथि लगाइएको अघोषित नाकावन्दी कै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ,’ प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन्, ‘यसबाट कुन कुरा स्पष्ट भएको छ भने बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भुलबस गरिएको निर्णय होइन, बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरता स्पस्ट हुन्छ l’प्रचण्डका अनुसार नयाँ शक्ति भनेको मार्क्सवादमा आधारित कुनै सिधान्त नभइ पुँजीवाद माथिको सुधारवाद हो lप्रतिवेदनमा प्रचण्डले बाबुरामको पार्टी परित्याग एमाओवादी सँग मात्र सम्वन्ध विच्छेद नभई मर्स्क्वादी आन्दोलन सँग पनि सम्वन्ध विच्छेद भएको तर्क राखेका छन्lभट्टराईले नयाँ शक्ति निर्माणका नाममा पार्टी कमजोर पार्ने र प्रतिक्रियावादीको मनोवल बढाउने जस्ता क्रियाकलापमा लागेको पनि प्रचण्डको आरोप छlभट्टराईका क्रियाकलापका बारेमा प्रचण्डले आफ्नो दस्तावेजमा छुट्टै शिर्षक नै दिएर ब्याख्या गरेका छन्l