नियमित रक्तदाता संघ र सैनामैना नगरपालिकाको सहकार्य : रगतको अभाव हुन नदिने प्रतिवद्धता

772

नियमित रक्तदाता संघ र सैनामैना नगरपालिकाको सहकार्य : रगतको अभाव हुन नदिने प्रतिवद्धता

रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले सहकार्य गर्ने भएका छन् । नियमित रक्तदाता संघसंगले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले रगतको अभाव हुन नदिनका लागि नगरपालिकाले अभियान चलाउर्ने र आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
मानिसको पुनरजिवनका लागि रक्तदान महत्वपुर्ण कार्य भएकाले नगरपालिका संघसंग हातेमालो गरेर अगाडी बढन तयार रहेको मेयर कार्कीले बताउनु भयो । उहाँले नगरपालिका क्षेत्र भित्रका असहाय, जेष्ठ नागरिक र असक्तलाई रगत चढाउन परेमा रक्तसंचार केन्द्रले लिने सेवा शुल्क नगरपालिकाले व्यहोर्ने गरी कार्ययोजना बनाएर नगरपालिका अगाडी बढने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नियमित रक्तदाता सरोज शिलवालको मृत्युपछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्षपछि पुनः सञ्चालनमा आएसंगै गतमहिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दयाबहादुर सिलवालले बताउनु भयो । संस्था पुनःजिवित भएपछि आयोजित नियमित रक्तदानको दोस्रो महिनाको रक्तदान कार्यक्रममा शनिवार ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपक अधिकारीले जानकारी गराउनु भयो ।
संस्थाका संहसंयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकस्मिक रक्तदान गराएर अभाव पूर्ति गर्नेगरी कार्ययोजना बनाएको बताउनु भयो ।