झाडापखालाको समेत पिसिआर परीक्षण गर्नेगरी कोरोना परीक्षणको मापदण्ड परिवर्तन

झाडापखालाको समेत पिसिआर परीक्षण गर्नेगरी कोरोना परीक्षणको मापदण्ड परिवर्तन

सरकारले कोरोना भाईरस परीक्षणको मापदण्ड परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरी मन्त्रीस्तरीय निर्णयबाट नयाँ मापदण्ड बनाएको हो ।
नयाँ मापदण्डअनुसार ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ । संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिने नयाँ मापदण्ड बनाईएको हो ।
नयाँ मापदण्ड अनुसार (ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखाला सहितका सबै बिरामी, संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका, श्वासप्रश्वासजन्य गम्भिर समस्या भएका बिरामी, विदेश (स्थल तथा हवाई मार्ग)बाट आउने, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरू, कोभिड १९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेकाहरु, आइसियुमा रहेका बिरामी, दीर्घरोगीहरू, प्रतिरोध क्षमता कमजोर भएकाहरु, आपतकालिन बाहेक चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गरिने छ ।

Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares