कोरोना भाईरस (कोभिड–१९)को संक्रमण दर बढ्दैगएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य बिज्ञहरुसंग परामर्श गर्नुभएको छ । बालुवाटारमा जारी छलफलमा जनसंस्वास्थ्यका विज्ञसंगै प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत सहभागि हुनुहुन्छ ।
सरकारले चारमहिना लामो लकडाउन अन्त्य गरेपछि कोरोना भाईरसको संक्रमण तथा मृत्यु दर ह्वात्तै बढेको छ भने कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिएको अनुमान गरिएको छ । कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि आगामी कदमबारे प्रधानमन्त्रीले बिज्ञहरुको रायका आधारमा शिर्ष नेताहरुसंग परामर्श लिन खोजेको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ लाख जनामा पिसिआर परिक्षण गर्दा २० हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने ५७ जनाको मृत्यु भएको छ ।