नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले बिहीबार आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढेसंगै रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव हुन थालेकाले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले आकस्मिक रुपमा रक्तदान गरिएको संस्थाका अध्यक्ष कृष्ण चौहानले जानकारी गराउनु भयो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रममा ५१ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । समाजले नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार रक्तदान कार्यक्रम गर्दै आएको छ ।
गत आर्थिक वर्षमा समाजले ३ हजार ५२७ युनिट रगत दान गरेको थियो । जिल्लामा रक्तदान अभियानमा अग्रणी भूमिका खोलेर सबैभन्दा बढी रक्तदान गर्ने संस्थाको रुपमा समेत सम्मानित भईसकेको छ ।