सरकारले स्वीकृति दिएको नेशलन प्याथद्वारा औपचारिक रुपमा पिसिआर परिक्षण सुरु

803

सरकारले स्वीकृति दिएको नेशलन प्याथद्वारा औपचारिक रुपमा पिसिआर परिक्षण सुरु

सरकारले कोरोना भाईरस परिक्षणको स्वीकृति दिएको नेशनल प्याथ ल्यावले आईतबारदेखि बुटवलमा औपचारिक रुपमा कोरोना परिक्षण सुरु गरेको छ ।
नेशनल प्याथ ल्यावले लायन्स क्लव अफ बुटवल सिद्धबाबा संगको सहकार्यमा बुटवल उपमहानगरपालिका १२ बेलबास स्थित लायन्स क्लवको सचिवालय भनवमा ल्याव सञ्चालन गरेको हो । उक्त ल्यावको आईतबार लायन्स क्लवको ५० औं वर्ष पुरा भएको अवसरमा डिष्ट्रिक गभर्नर शम्भु नकर्मीले औपचारिक शुभारम्भ गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै गभर्नर नकर्मीले अहिले मुलुक कोरोना भाईरस (कोभिड–१९) को संक्रमणले आक्रान्त भईरहेका बेलामा यसको परिक्षणको दायरा बिस्तारमा क्लवले गरेको योगदान स्रहानीय रहेको बताउनु भयो । उहाँले नेपालमा लायन्स क्लव भित्रिएको ५० औं वर्ष पुरा भएको अवसरमा देशका बिभिन्न स्थानमा १ हजार १ सय जना अनाथलाई खाना खुवाईएको पनि जानकारी गराउनु भयो ।
कोरोना भाईरसको संक्रमण बढ्दै जान थालेपछि परिक्षणको दायरा बढाउनकालागि सरकारले स्वीकृति दिएको नेशनल प्याथ ल्यावसंग सहकार्य गरेर क्लवको भवनमा कोरोना भाईरस भए नभएको परिक्षण गर्ने वातावरण तयार गरिएको बताउँदै क्लवका अध्यक्ष ठाकुर आचार्यले यसले संक्रमण पुष्टि भएकाहरुको उपचारका लागि सहज वातावरण बन्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
ल्याव ईन्टलेशन कार्यक्रममा डिष्ट्रकका फष्ट भाईस गभर्नर रामप्रसाद भट्ट, पुर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, नेशनल प्याथ ल्याब बुटवलका सञ्चालक शरद भुसाल लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा नेशनल प्याथ ल्यावका सञ्चालक शरद भुसालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गमा सूचिकृत ल्यावबाट सरकारले निर्धारण गरेका सबै प्रकारका मापडण्ड पुरा गरि कोरोना भाईरस परिक्षण हुने जानकारी गराउनु भयो । त्यस्तै ल्यावमा उत्सर्जन हुने फोहोर मैलालाई विश्व स्वास्थ्य संगठनले निर्धारण अनुसार डिस्पोज गर्ने व्यबस्था समेत मिलाईएको छ । ल्यावमा दैनिक ४ सय जनाको पिसिआर परिक्षण गर्न सक्ने क्षमता रहेको र सरकारको सिफारिस बिना हुने स्वेच्छिक पिसिआर परिक्षणमा ५ हजार ५ सय रुपैंया शुल्क लाग्ने पनि उहाँले जानकारी गराउनु भएको थियो ।
लायन्स क्लवको सहकार्यमा ल्याव सञ्चालन गरिएकाले क्वलका सदस्यहरुलाई भने १० प्रतिशत छुटको व्यबस्था मिलाईएको बताईएको छ । कोरोना भाईरस संक्रमण भएका व्यक्तिको उपचारमा सहज होस भन्ने उद्देश्ले क्लवले ल्यावसंग सहकार्य गरेर पिसिआर परिक्षण गर्ने ल्याव सञ्चालन गरिएको कार्यक्रमका संयोजक तथा क्लवका पूर्व अध्यक्ष योगेश घिमिरेले बताउनु भयो । कार्यक्रमको सञ्चालन क्लवका पूर्व अध्यक्ष डिल्लिनारायण पाण्डेयले गर्नुभएको थियो ।