एक्टिभ सोशियल सर्कल (एस्कोन) नेपालले संस्थाका सदस्य बिनोद बस्यालको उपचारकालागि आर्थिक सहयोग प्रदान गरेको छ । एस्कोनले संस्थाका सदस्यहरुसंग संकलन गरेको ३५ हजार ५ रुपैंया सदस्य बस्यालको स्वास्थ्य उपचारकालागि प्रदान गरेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ निवासी एस्कोन सदस्य बस्याल केही समय अंगाडी बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै सवारी दुर्घटनामा परि गम्भिर घाईते हुनु भएको थियो । संस्थाका अध्यक्ष खिलेन्द्र सिंह जिसीको नेतृत्वमा गएको एस्कोनको टोलीले स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग हस्तान्त्रण गरेको हो ।