
काठमाडौं, मंसिर/प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच बिहिबार टेलिफोन वार्ता भएको छ। उनीहरूबीच नेपालले भोगिरहेको पारवहन समस्या र मधेस आन्दोलनका बारे कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।मधेस आन्दोलन समाधानका बारे दुई नेताबीच छलफल भएको बताइए पनि बालुवाटारले उनीहरूबीच भएको विस्तृत कुराकानी बाहिर ल्याएको छैन।