कोरोना बिशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु

1K

कोरोना बिशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु

कोरोना भाईरस (कोभिड–१९) संक्रमणको लक्षण देखिएर अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणको लक्षण देखिएर भर्ना भएका कपिलबस्तुका २५ र ४२ वर्षीय पुरुषको गयराती कोरोना बिशेष अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी गराउनु भएको छ ।
कोरोना भाईरसको लक्षण देखिएपछि गत आईतबार अस्पताल भर्ना भएका ४२ वर्षीय पुरुषमा पिसिआर पक्षिणमा पोजिटिभ देखिएको थियो । त्यसदिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको उहाँले बताउनु भयो । मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएको र राती नै मृत्यु भएको हो ।
अर्का २५ वर्षीय पुरुष मंगलबार मात्रै अस्पताल आएका हुन् । कोरोना भाईरसको लक्षण देखिएपछि उनलाई पनि कोरोना अस्पतालमा भर्ना गरि भेन्टिलेटरमा राखिएको थियो । राती स्वास्थ्यमा समस्या आएको र राती नै मृत्यु भएको अस्पताले जनाएको छ । उनको स्वाब मंगलबार नै प्रयोगशाला पठाईएपनि रिपोर्ट नआएको अस्पताले जनाएको छ ।