कोरोना भाईरस संक्रमणबाट थप दश जनाको मृत्यु : मृत्यु हुनेको संख्या ९२ पुग्यो

कोरोना भाईरस संक्रमणबाट थप दश जनाको मृत्यु : मृत्यु हुनेको संख्या ९२ पुग्यो

कोरोना भाईरस संक्रमणका कारण थप १० जनाको मुत्यु भएको छ । योसंगै कोरोना भाईरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमित थपिएका छन् । यो संस्था संगै संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यसमध्ये १६ हजार ७२८ जना निको भएर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । त्यस्तै मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५/१५ जना, कास्कीका १३, झापा र सिराहाका १०/१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६/६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५/५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३/३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २/२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको हो ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares