‘सफलता कसरी हात पार्ने’

‘सफलता कसरी हात पार्ने’

रोटरी क्लव अफ बुटवल साउथमा ‘सफलता कसरी हातपार्ने’ भन्ने विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ । विशेष युवालाई लक्षित गरेर अनलाईन माध्यमबाट आयोजना गरिएको कार्यक्रममा औद्योगिक बिकास प्रतिष्ठान बुटवलका कार्यालय प्रमुख मुकुन्द ज्ञवालीले प्रशिक्षण गर्नुभएको थियो । उहाँले बिशेष गरी युवाले सफलता हात पार्नकालागि एक पटकको असफलताबाट आत्तिन नहुने बताउँदै अधिकतम प्रयास नै सफलताको कडी भएको बताउनु भयो ।
गुगल मिट अनलाईन माध्यमबाट गरिएको कार्यक्रममा त्यस अवसरमा बोल्दै रोटरी क्लव जोन २० का एसिष्टेन्ट गभर्नर राजकुमार गुप्ताले कुनै पनि कुरा गर्न पहिलो पटकमै सफल हुन सकिएन भनेर हार मान्न नहुने बताउनु भयो ।
रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले युवाहरुलाई कसरी सफल उद्यमी व्यबसायी बनाउन सकिन्छ भनेर कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भएको थियो । क्लवका युथ सर्भिस डाईरेक्टर वालकृष्ण भण्डारीको संयोजनमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष कृष्ण भुसालको सञ्चालनमा भएको थियो । त्यस्तै रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष अनुप पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Share This
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares