कोरोना बिशेष अस्पताल बुटवलमा मृत्यु भएका युवाको पिसिआर रिपोर्ट नेगेटिभ

कोरोना बिशेष अस्पताल बुटवलमा मृत्यु भएका युवाको पिसिआर रिपोर्ट नेगेटिभ

बिहिबार राती बुटवलको कोरोना बिशेष अस्थायी अस्पतालमा निधन भएका कपिलबस्तु कृष्णनगरका युवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. १२ का प्रदिप तेलीको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका फोकल प्रसन डा. सुदर्शन थापाले जानकारी गराउनु भएको छ ।
तेलीलाई उच्च ज्वरो, खोकी तथा स्वासप्रस्वासमा समस्या देखिएपछि गत मंगलबार अस्पतालमा भर्ना भएका थिए । कोरोना भाईरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएकाले उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको डा. थापाले बताउनु भयो । उनी यहि साउन २४ गते भारतको मुम्बईबाट घर आएका हुन् । अस्पतालमा भर्ना भएपछि तेलीलाई सोही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । राती स्वास्थ्यमा थप समस्या आएपछि त्यसैदिन राती नै निधन भएको थियो ।
मंगलबार राती नै निधन भएका अर्का कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको भने मृत्यु हुनु अगावै पिसिआर रिपोर्ट पोजेटिभ आएका थियो ।

Share This
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares