बुटवलमा पुनः अर्का संक्रमितको मृत्यु

1.3K

बुटवलमा पुनः अर्का संक्रमितको मृत्यु

शनिबार बुटवलमा अर्का कोरोना संक्रमितको निधन भएको छ । कोरोना भाईरस संक्रमण पुष्टि भएका कोरोना अस्पताल बुटवलमा उपचाररत कपिलबस्तुको मायाँदेवी गाउँपालिकाका ४२ वर्षीय पुरुषको निधन भएको हो ।
कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछि यहि साउन २८ गते उनलाई कोरोना अस्पताल बुटवलमा भर्ना गरिएको थियो । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । उनको सुरुको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको थियो भने जिन एक्सपर्ट गरेर परिक्षण गर्दा कोरोना भाईरस संक्रमण पुष्टि भएको अस्पतालका डा. विष्णु गौतमले बताउनु भएको छ ।
यस अंगाडी कोरोना भाईरस संक्रमण पुष्टि भएका कपिलबस्तुकै अर्का एकजना पुरुषको कोरोना बिशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।