रोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले प्रहरीलाई मास्क तथा सेनिटाईजर प्रदान गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउनकालागि क्लवले वडा प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरीहरुलाई मास्क तथा सेनिटाईजर प्रदान गरेको हो ।
फ्रन्टलाईनमा रहेर काम गर्ने प्रहरीको स्वास्थ्य सुरक्षालाई ममन गरेर स्वास्थ्य सुरक्षामा प्रयोग हुने मास्क तथा सेनिटाईजर प्रदान गरिएको रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष बिमल ढकालले जानकारी गराउनु भयो ।
त्यस अवसरमा रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीलाई एकमुष्ट रुपमा हस्तान्तरण गर्दै कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउनकालागि सबैको साथ र सहयोगको खाँचो रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै प्रहरी निरिक्षक रेग्मीले सहयोग गरेकामा क्लवलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रकारका सहयोगको निरन्तरताको लागि आग्रह गर्नुभएको थियो । क्लवका संस्थापक अध्यक्ष यादवप्रसाद भण्डारीले क्लवले सञ्चालन गरेको सहयोग अभियानको प्रशंसा गर्नुभयो । क्लवका पदाधिकारी तथा सदस्यहरु समेत सहभागि रहेको उक्त कार्यक्रम क्लवका सचिव बिक्रम क्षेत्रीको सञ्चालनमा भएको थियो ।