यो वर्ष राष्ट्रिय परिक्षा बोर्डले आन्तरिक मुल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको छ । गत चैत ६ गते निर्धारण गरिएको एसईई परिक्षाको तयारी पुरा भएपछि कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण अघिल्लो दिन साँझ मात्रै स्थगित गएको थियो ।
कोरोना महामारीकै कारण परिक्षा गराउन नसकिएपछि सम्बन्धित बिद्यालयले गरेको आन्तरिक मुल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको हो । परिक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलका अनुसार यो वर्ष एसईईका लागि ४ लाख ७२ हजार ७८ जना विद्यार्थीले तयारी गरेका थिए । नतिजा टेलीफोन, एसएमएस र वेभसाईटमा हेर्न सकिने छ ।