नेपालमा कोरोनाको कारण थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरड, धनुषा, बाँके र कास्कीका १र१ जना पुरूष र तनहुँकी एक जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ११४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।