बुटवल उपमहानगरपालिकामा एक जना पत्रकार सहित थप ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज बुधबार थपिएका १६ जना महिला र १५ जना पुरुष रहेका छन् । त्यसमध्ये ५ जना एकै परिवारका हुन् ।
यो सहित बुटवल उपमहानगरपालिकामा संक्रमितको संख्या ४२ महिला र ८५ पुरुष गरि १२७ पुगेको छ । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका फोकल पर्सन कुन्दनकुमार सिंहका अनुसार १२० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
