नेपालमा कोरोनाको कारण थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

1.3K

नेपालमा कोरोनाको कारण थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

बुटवल । नेपालमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उहाँका अनुसार आज थपिएका मृतकहरु सुनसरीका ६७ वर्षीय पुरुष र ६ वर्षीया बालिका, पर्साका ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुर ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेको छन् ।