रोटरी क्लब अफ सेन्टर लुम्बिनिको अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

659

रोटरी क्लब अफ सेन्टर लुम्बिनिको अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न


भैरहवा । रोटरी क्लब अफ सेन्टर लुम्बिनिले रोटरीयनहरुको भुमिका अझ फराकिलो तथा विषम परिस्थितिमा आफ्ना गतिबिधी प्रभावकारी बनाउने उदेश्यले एक अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

सो अबसरमा रोटरी नपुगेका दुर्गममा रोटरी पुर्याउने र त्यस्ता स्थानहरुमा समुदायको आवश्यकताको प्राथमिकतामा काम गर्नु पर्ने बिषयमा पनि छलफल गरिएको थियो ।

रोटरी क्लब सेटर लुम्बिनिका अध्यक्ष डा.हिरा शाहको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिस्टिक मेम्बरसिप कमिटि चियर मन्जु कार्किले प्रशिक्षण दिनु भएको थियो । भर्चुअल माध्यम मार्फत सम्पन्न उक्त कार्यक्रममा ५१ जना रोटरियन अगुवाहरुको सहभागिता रहेको थियो ।

त्यस्तै नयाँ रोटरी क्लब बिकासको लागि नेपालगन्जबाट १० र जाजरकोटबाट ६ जनाको सहभागिता रहेको आयोजक सस्था सेन्टर लुम्बिनिका अध्यक्ष डा. शाहले जानकारी दिनु भयो ।