नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८१८ जना कोरोना संक्रमित, कुल संख्या ३१ हजार ९३५ पुग्यो

715

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८१८ जना कोरोना संक्रमित, कुल संख्या ३१ हजार ९३५ पुग्यो

बुटवल । नेपालमा आज (आईतवार) थप ८१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।