अस्पतालमा आएको बिरामीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि तीन दिन बन्द रहेको बुटवलको तिनाउ अस्पताल गत शनिबारदेखि सञ्चालनमा आएको छ । अस्पतालमा कोरोना भाईसरको संक्रमित भेटिएपछि अस्पतालको पोस्टअप वार्ड सिल गरिएको थियो । ती संक्रमित बुटवल उपमहानगरपालिकामा प्रकृया पुरा गरेर होम आईसोलेसनमा गएपछि अस्पतालको सबै विभागलाई निर्मलीकरण गरेर शनिबारदेखि सञ्चालनमा ल्याईएको अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले जानकारी गराउनु भयो ।
शनिबारदेखि अस्पतालको ओपिडी तथा ईमर्जेन्सी विभागका सबै सेवा सुरु गरिएको अस्पतालका डा. योगेन्द्र अग्रहरीले बताउनु भयो । उहाँका अनुसार अहिले अस्पतालका निर्देशक डा. रोजन्द्र सन्जेल, डा. अग्रहरी लगायतले अपस्पतालमा सेवा दिईरहनु भएको छ ।