लक्ष्मण राना /
प्राविधिक तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटी)बाट सम्बन्धन लिई व्यबसायिक तालिम र रोजगार प्रदान गर्ने व्यबसायीहरुको साझा संस्था ‘तालिम तथा रोजगार व्यबसायी महासंघ’ प्रदेश पाँच समिति गठन गरिएको छ ।
प्रदेश पाँचमा सञ्चालनमा रहेका तालिम तथा रोजगार प्रदायक संस्थाहरुको सोमबार भिडियो सम्वादका माध्यमबाट भएको बैठकले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण देशमा लकडाउन भएकाले भिडियो सम्वादका माध्यमबाट बैठक गरिएको थियो । बैठकले नेपालगञ्जका सतिस अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै प्रथम उपाध्यक्षमा टंकप्रसाद भट्टराई (पाल्पा), द्वितीय उपाध्यक्षमा अरुण मैनाली (रुपन्देही), सचिवमा अरुण अर्याल (रुपन्देही), सहसचिवमा रामबहादुर विश्वकर्मा (प्युठान) र कोषाध्यक्षमा जीवराज अधिकारी (दाङ्) लाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा ज्वाला श्रेष्ठ (रुपन्देही), मोहन बि.क. (नवलपरासी पश्चिम), काशी खनाल (कपिलबस्तु), ईश्वरमान थापा (रुपन्देही), लक्ष्मण राना (रुपन्देही), तुफान के.सी. (दाङ), शौरभ कुँवर (रुपन्देही), अनुप जि.सी. (रोल्पा), ईश्वरीप्रसाद भुसाल (कपिलबस्तु) लाई चयन गरिएको अध्यक्ष अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो । यसैगरी प्रकाश राना र घमानसिंह गुरुङ्लाई सल्लाहकारमा चयन गरिएको छ ।
भिडियो सम्वादमा महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र साउत, केन्द्रीय महासचिव अच्युत नेपाल, प्रदेश १ का अध्यक्ष कृष्ण शाह, प्रदेश नं. २ का अध्यक्ष राकेश साह, प्रदेश नं. ३ का अध्यक्ष बद्री दाहाल, प्रदेश नं. ६ का अध्यक्ष उपेन्द्र शाही र प्रदेश ७ का अध्यक्ष प्रमोद पाठकको समेत रहभागिता रहेको थियो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिपद् (सिटिईभिटी) बाट सम्बन्धन लिई तालिम संचालन गर्ने संस्थाहरुले बेरोजगार युवायुवती तथा रोजगार हु्न चाहने व्यक्तिहरुलाई निःशुल्क वा सशुल्क लिएर विभिन्न किसिमका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमहरु संचालन गर्दै आएका छन् । यस्ता संस्थााहरु देशभर १ हजार २ सढ बढी छन् भने प्रदेश पाँचमा २ सयको हाराहारीमा रहेको सल्लाहकार प्रकाश रानाले जानकारी गराउनु भयो । यी संस्थाले सञ्चालन गरेको तालिमको राष्ट्रिय सीप परीक्षण समितिले प्रमाणीकरण गर्दै आएको छ ।

भिडियो सम्वादमा तीनै तहका सरकारले आयोजना गर्ने तालिमहरु सिटिईभिटीको सम्बन्धन लिएका सस्थाहरु मार्फत सञ्चालन गर्ने हो भने तालिमको गुणस्तर पनि बृद्धि हुनेमा जोड दिईएको थियो ।
गाउँपालिका तथा नगरपालिकाहरुले यस्ता किसिमका तालिमहरु विभिन्न आमा समूह, महिला समूह, क्लब, संघसंगठन मार्फत सञ्चालन गर्दा तालिमको गुणस्तर पनि नहुने र लक्षित वर्गसम्म पहुँच नपुग्ने तथा बजेटको समेत दुरुपयोग हुने उनीहरुले बताएका छन् । तालिमको गुणस्तर र लक्षीत वर्गमा तालिम प्रदान गर्नकालागि सिटिईभिटीबाट सम्वन्धन लिएका संस्था मार्फत सञ्चालन गर्न उनीहरुले सरकारसंग माग समेत गरेका छन् ।
नवगठित समितिको बुधबार बसेको पहिलो बैठकले अधिवशेनको समिक्षा गर्दै आगामी रणनीति समेत तय गरेको छ । भिडियो सम्वादका माध्यमबाट बसेको बैठकले लकडाउनको बिचमा पनि अनलाईन माध्यमबाट अधिवेशन सम्पन्न भएको र अधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । प्रदेश अध्यक्ष अधिकारीको अध्यक्षतामा बसेको बैठकले महासंघको संरचनालाई बलियो बनाउने निर्णय गर्दै प्रदेश समितिको कार्यालय बुटवलमा राख्ने निर्णय गरेको छ । त्यस्तैगरी महिला सहभागिताकालागि दुई जना महिलालाई सदस्यमा मनोनित गरिएको छ ।
बैठकमा बोल्दै सल्लाहकार प्रकाश रानाले सीप विकास नै समृद्धिको मेरुदण्ड भएकोले कोभिड १९ पछि बेरोजगार युवाहरुलाई सीप विकास तालिम प्रदानका लागि ३ तहका सरकार र सरोकारवालाले ध्यान पु¥याउनु पर्ने औंल्याउनु भयो ।
उहाँले मुलुकमा उद्यमशिलता बिकासमा टेवा पुग्ने गरी ऐन कानुन निर्माण गर्न ढिला नगर्न सरकारसंग आग्रह गर्नुभयो । त्यस्तै अर्का सल्लाहकार घमानसिंह गुरुङ्ले तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने वातावरण बनाउन समितिले काम गर्न र संरकारसंग पैरवी गर्ने काममा लाग्न आग्रह गर्नुभयो ।