बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् । उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् ।
डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको सिंहले बताउनु भयो । बुटवल उपमहानगरका ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको उहाँले जानकारी दिनु भयो ।