कोरोना विशेष अस्पताल बुटवलमा २ सहित देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु

750

कोरोना विशेष अस्पताल बुटवलमा २ सहित देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु


बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जना कोरोना संक्रमित सहित देशभर थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् । त्यस्तै काठमाडौंका ४८ वर्षीया पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । जुन कुल संक्रमितको ० दशमलव ५२ प्रतिशत हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । भने ३ सय ६९ जना कोरोना उपचार पछि निको भएर घर फर्किएका छन् ।