बुटवलको कोरोना विशेष अस्पतालमा ६० वर्षीय संक्रमितको मृत्यु

749

बुटवलको कोरोना विशेष अस्पतालमा ६० वर्षीय संक्रमितको मृत्यु


बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका –४ का ६० वर्षीय पुरुषको विहिवार राति २ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

बिरामीलाई उच्च रक्तचाप र निमोनियाको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनु भयो ।
हिजो नै कपिलवस्तु–१ तौलिहवाका ५० वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो