बेल्जियमका कुनै पनि फेसबुकका सार्वजनिक पेजहरु प्रयोग गर्न तथा हेर्न फेसबुक प्रयोगकर्ता हुनै पर्ने नियम

887

बेल्जियमका कुनै पनि फेसबुकका सार्वजनिक पेजहरु प्रयोग गर्न तथा हेर्न फेसबुक प्रयोगकर्ता हुनै पर्ने नियम

ब्रसेल्स/बेल्जियम
मंसिर १८

बेल्जियममा फेसबुक प्रयोगनगर्नेहरुले अब बेल्जियमका कुनै पनि फेसबुकका सार्वजनिक पेजहरु प्रयोग गर्न तथा हेर्न पाउनेछैनन | बुधबार फेसबूकले प्रेस विज्ञप्ति जारि गर्दै यस्तो घोषणा गरेको हो | अब जसंग फेसबुक खाता छैन उनीहरुले खेल क्लब ,पत्रपत्रिका ,मन्त्रि,लगायतका पेजहरु हेरेर कुनै पनि जानकारी लिन सक्नेछैनन |सामान्यता पहिले बेल्जियममा फेसबुक प्रयोग नगर्नेहरुले पनि सार्वजनिक फेसबुक पेजहरु हेरेर जानकारी लिन सक्ने थिय| तर अब यसको लागि फेसबुकमा खाता हुनै पर्दछ|

गत महिना ब्रसेल्सको एक अदालतले फेसबुकले गोपनियता भंग गरेको निष्कर्ष निकालेको थियो |तर गोपनियता आयोगले फेसबुकको यो निर्णय संगै बेल्जियममा शान्ति ल्याउनेमा असम्वभ रहेको बतायको छ | गोपनियता आयोगका प्रमुख विलियम डेब्युकेलेर यसलाई फेसबुकको ‘शुद्ध ब्ल्याक मेलिङ्ग ‘भयको बतायका छन |यसैगरेर बेल्जियमका न्यायधिसहरुले फेसबूकले आफ्नो बचाउ गरेको बताइरहेका छन |

न्यायधिसले गत महिना फेसबूक बाट गैर प्रयोगकर्ताले विविध सूचना लिइरहेको जनायका थिय | फेसबुकले ‘कुकी’प्रयोग गर्ने र त्यसबाट सबै सूचनाहरु लैजाने गरेको उनीहरुको नतिजा रहेको थियो | फेसबुकले ‘दात्र’ नामक कुकी प्रयोग गरिरहेको छ | जुन प्रत्यक प्रयोगकर्ताहरुले यसलाई स्वीकार गरिरहेका हुन्छन | कुकीले प्रयोगकर्ताको गोप्य सूचना हरु थाहा नदिकन लैजाने गर्दछ | तर फेसबूकले यो कुकी बेल्जियममा प्रयोग नगरियको र अन्य कडा सुरक्षाका उपायहरु सामाजिक संजाल रक्षाको लागि आवस्यक रहेको बतायको छ |फेसबूकले ‘दात्र’ कुकी यसको नेटवर्क सुरक्षाको लागि आवस्यक रहेको जनाउदै आयको छ तर बेल्जियम स्थित गोपनियता आयोग र बेल्जियम न्यायलय उ संग सहमत छैनन् |