बुटवलमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो,कुन वडामा कति ? (विवरण सहित)

551

बुटवलमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो,कुन वडामा कति ? (विवरण सहित)


खेमानन्द पाठक / बुटवल । बुटवलमा पछिल्लो २४ घन्टामा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमा पुरुष १४ छन् भने महिला १० जना रहेका छन् । यो सहित बुटवल उपमहानगरपालिका भित्र कोरोना संक्रमितको संख्या २५८ जना पुगेको छ । कोरोनामुक्त भएर घर फर्कनेको संख्या ५१ जना रहेको छ । बाँकि रहेका २०७ जना नगरपालिकाले निमार्ण गरेको संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका छन् ।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले दिएको जानकारी अनुसार बिहिबार ४ बजे सम्मको तथ्यांकअनुसार वडा न ३ मा १ जना, वडा न ५ मा १ जना, वडा न ६ मा १ जना, वडा न ८ मा १ जना, वडा न ९ मा ८ जना, वडा न १२ मा ४ जना, वडा न १३ मा २ जना र वडा नखुलेका ६ जना गरि २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा ७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
वडागत संक्रमितको विवरण

वडा नं. १ मा १० जना

वडा नं. २ मा ४ जना

वडा नं. ३ मा २६ जना

वडा नं.४ मा १३ जना

वडा नं. ५ मा ४ जना

वडा नं. ६ मा १९ जना

वडा नं. ८ मा १३ जना

वडा नं. ९ मा १५जना

वडा नं. १० मा ९ जना

वडा नं. ११ मा ७७ जना

वडा नं. १२ मा १४ जना

वडा नं. १३ मा ३१ जना

वडा नं. १४ मा २ जना

वडा नं. १५ मा ३ जना

वडा नं. १६ मा ३ जना

वडा नं. १७ मा ३ जना

वडा नं. १९ मा १ जना

वडा नम्बर १८ हाल सम्म कोरोना मुक्त रहेको छ भने अन्य ११ जनाको ठेगाना खुलेको छैन ।