पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३६ हजार ४५६ पुग्यो

326

पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३६ हजार ४५६ पुग्यो


बुटवल । आज थप ९२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १० हजार ९२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ५८ हजार ११० जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९ जना क्वारेन्टिनमा रहेका छन् ।