तरुण दल र नेबिसंघ कपिलवस्तुले बिपन्न परिवारलाई शौचालय निर्माण गरिदियो

761

तरुण दल र नेबिसंघ कपिलवस्तुले बिपन्न परिवारलाई शौचालय निर्माण गरिदियो


कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले बाणगंगा नगरपालिका वडा नं.४ मा रहेको विपन्न परिवारलाई सौचालय निमार्ण गरी हस्तान्तरण गरेको छ ।

सालको पात टिपेर जिवन गुजेरा चलाउन पनि धौधौ भएको रुक बहादुर रेश्मी मगरको परिवारलाई तरुण दल र ने.बि.संघ कपिलवस्तुले सहयोग जुटाएर सौचालय निमार्ण गरेर हस्तान्तण गरेका छन । रेश्मीको परिवारमा ३ जना छोरी छन तर तिनै जनाको बिवाह भइसकेको छ । घरमा अहिले बुढा बुढिमात्रै रहेका छन । एक छाक खानको लागि बिहान नहुदै सालको पात टिप्न जंगल पुग्नै पर्ने हुन्छ

दुःख बिसाउदै रुक बहादुरले भने साहरा कोहि छैन । यधपि तरुण दल र ने.बि.संघका युवाहरुको सहयोगले रुक बहादुरलाई एक दर्जन छोराहरु भएको जस्तो साहरा मिलेको उनि बताउछन ।
सौचालय निमार्ण लगाएत अन्य सबै कुरामा सहयोग गर्ने सबैलाई उनले खुसिका साथ आशीर्वाद दिएका छन। नेपाल बिधार्थी संघ क्षेत्र न.१ र तरुण जिल्लाकार्य समिती कपिलबस्तुले निरन्तर रुपमा दःुखी गरिब तथा बिपन्न परिवारलाई कहिले राहत प्रदान गरेर सहयोग गरेका छन भने कहिले भौतिक संरचना निमार्ण गरी दुखी गरिबको घाउमा मलम लगाएका छन ।

मुलुक कारोनाले ग्रस्त भइरहेका बेला जोखीम मोलेरै भएपनि सामाजिक दुरी कायम गर्दै यी दुई संगठन आफ्नो कर्ममा गतिशिल रहदै आएका छन । नेपाल बिधार्थी संघ क्षेत्र न.१ र तरुण जिल्लाकार्य समिती कपिलबस्तुले सुकुम्बासीको मुख्य समस्यालाई मध्यनजर गर्दै उदाहरणिय बनेका छन । सरकारी निकाय बाट बभिन्न ठाँउलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको भनिएता पनि कतिपय स्थानिय दुखी गरिबको अबस्था कायमै रहेको र शौचालयको अभावले बाहिरी क्षेत्रमै शौच गरिरहेको देखेपछि कपिलबस्तुको बाणागंगा नगरपालिका ४ ठाकुरापुरका स्थानिय रुकबहादुर रेश्मीको निबासमा शौचालय निर्माण गरेका हुन।

निर्माण सम्पन्न शौचालय हस्तान्तरण गर्दै नेपाल तरुणदल कपिलबस्तुका सभापति शक्ति सिंह ठकुरीले यस्ता नागरीकहरुका हजारौँ समस्या समाधानमा आफुहरु तल्लिन रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै तरुणदल क्षेत्रिय सभापति तिलक थापाले आफ्नो सामाजिक कार्यलाई निरन्तर रुपमा गतिशिल बनाउँदै लैजाने बताउनु भयो । नेपाल बिधार्थी संघ क्षेत्र न.१ का सभापति चन्द्रकान्त पोख्रेलले समाजमा भएका दुखी गरिबलाई परेको पिडाबाट उन्मुक्ति दिने आफुहरुको अठोट रहेको बताउनु भयो ।

उक्त भौतिक संरचना निमार्ण कार्यमा सामाग्री उपलब्ध गराँउदै चन्द्रकान्त पोख्रेल(सी के), सिद्धार्थ ब्रीक उद्योग, बुद्धभुमी हार्डवेयर, जीतपुर हार्डवेयर,चौधरी हार्डवेयर, राजन भट्टराई, हरि पौडेल, कृष्ण पराजुली , अमर पुन,बिक्रम कुंवर, शोभाखर पौडेल, सरस्वती बेल्बासे र अनन्त पाठकले सहयोग गर्नुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही ,वडा अध्यक्ष गणेश छेत्री,नेका कपिलवस्तुका नेता बिष्णु न्यौपाने,महिला संघ केन्द्रिय सदस्य इन्दिरा भट्टराई,तरुण दल जिल्ला सदस्य द्वय राजन आले , कृष्ण पराजुली ,तरुण दल छेत्रीय सहसचिव सुशील सिंह ठकुरी, सदस्यहरु किरन मल्ल,सुरज भण्डारी,सास्कृतिक संघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,नेविसंघ सिद्धार्थ क्याम्पस इकाई सभापति दिनेश छेत्री,नेका टोल समितिका सभापति हरि पौडेल,शोभाखर पौडेल, तरुण दल टोल समितिका अध्यक्ष अमर पुन उपाध्यक्ष बिक्रम कुंवर छेत्री, नेका गजेहडाका नेता बिष्णु पौडेल,लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।