आँधीखोला बहुप्राविधिक शिक्षालयमा सिभिल ईञ्जीनीयरिङ्ग विषयको पढाई हुने

1.5K

आँधीखोला बहुप्राविधिक शिक्षालयमा सिभिल ईञ्जीनीयरिङ्ग विषयको पढाई हुने

वालिङ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. १३ मा अवस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को आँगिक सँस्था आँधिखोला बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि सिभिल ईञ्जीनीयरिङ्ग विषयमा डिप्लोमा तहको पढाई हुने भएको छ ।

परिषद्को निर्णय अनुसार ४८ जना विद्यार्थीलाई पढाउन मिल्ने गरी शिक्षालयमा कार्यक्रम थप गरिएपछि उक्त विषय पढाउने बाटो खुलेको हो । एसईई परीक्षामा विज्ञान र गणित विषयमा कम्तिमा C र अँग्रेजी विषयमा कम्तिमा D+ ग्रेड ल्याएर उत्तीर्ण भएका विद्यार्थीले सो विषय अध्ययन गर्ने मौका पाउने छन् । यस अघि उक्त शिक्षालयमा सूचना प्रविधि विषयमा डिप्लोमा तहकै पढाई हुँदै आएको थियो ।

मानव जीवनको परिवर्तनका लागि छरितो प्राविधिक शिक्षाको दूरदृष्टी राखेको यस शिक्षालयमा महिला, आदिवाशी/जनजाती, दलित, अपाङ्ग, मधेसी, मुस्लिम आदि वर्गका जेहेन्दार विद्यार्थीका लागि सहुलियत दरमा पढाई हुनेछ । शिक्षालयमा यो कार्यक्रम सञ्चालन हुने भएपछि स्थानीय विद्यार्थिहरु महङ्गो शुल्क तिरेर ठूला सहरमा जानु पर्ने वाध्यताको अन्त्य भएको शिक्षालय प्रमुख ई. नविन किशोर गैह्रेले जानकारी दिनुभयो ।