कोरोना भाईरस संक्रमणबाट ६७ वर्षीय पुरुषको मृत्यु

1K

कोरोना भाईरस संक्रमणबाट ६७ वर्षीय पुरुषको मृत्यु

बुटवलमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ५ का ६७ वर्षीय पुरुषको आईतबार मध्यान्ह १२ः३० बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको अस्पतालले जनाएको छ ।
कोरोना भाईरस संक्रमित ती पुरुष आईतबार बिहान ४ः३५ बजे मात्रै अस्पतालमा भर्ना भएको र ज्वरो, स्वासप्रस्वासमा समस्या, दीर्घ रोग मुटु, मधुमेह र प्रेसरको समस्या भएकाले फिवर क्लिनिकको आईसोलेसनमा उपचार हुँदाहुँदै मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।