वीपि कोईराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीमा पोखरेल

905

वीपि कोईराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीमा पोखरेल

वीपि कोईराला युवा नेतृत्व बिकास मञ्च रुपन्देहीको अध्यक्षमा युवा नेता छायाँ पोखरेललाई मनोनित गरिएको छ । नेपाली काँग्रेसका संस्थापक जननायक वीपि कोईरालाको समाजवाद प्रति आस्था राख्ने तथा लोकतन्त्रमै समुन्नत नेपालको सपना देख्ने तरुण बिद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व बिकास गर्नकालागि स्थापित मञ्चको जिल्ला अध्यक्षमा पोखरेललाई जिम्मेवारी प्रदान गरिएको हो ।


संस्थाका अध्यक्ष निलकण्ठ रिजालले दिएको पत्रमा जननायक वीपि कोईरालाबाट व्यक्त बिचार प्रतिपादित नीति तथा अवधारणालाई गाउँ–गाउँमा पु¥याउने उद्देश्य अनुसार स्थापित संस्थाको उद्देश्य प्राप्तीका लागि गतिबिधि अंगाडी बढ्ने समेत विश्वास गरिएको छ ।
त्यस्तैगरी नेपाली काँग्रेस रुपन्देहीलाई समेत बोदार्थ प्रदान गरिएको छ । संस्थाको जिल्ला अध्यक्षमा मनोनित भएसंगै पोखरेलले युवाहरुको साझा चौतारीको रुपमा संस्थालाई अंगाडी बढाउने र युवाहरुको व्यक्तित्व तथा नेतृत्व बिकास गराउँदै वीपिको नीति तथा सिद्धान्त प्रवर्धनमा काम गर्ने बताउनु भयो ।