अनलाईन कक्षा सञ्चालन गरेको दश दिन नहुँदै शुल्क बुझाउन ताकेता

अनलाईन कक्षा सञ्चालन गरेको दश दिन नहुँदै शुल्क बुझाउन ताकेता

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसले अनलाईन कक्षा सञ्चालन गरेको १० दिन नहुँदै शुल्क बुझाउनकालागि बिद्यार्थीलाई ताकेता गरेको छ । कोरोना भाईरस महामारीका कारण क्याम्पसले अहिले अनलाईन कक्षा सञ्चालन गरेको छ ।
त्रिभूवन विश्वबिद्यालयबाट सम्वन्धन लिएको उक्त क्याम्पसले बिबिएम सेकेन्ड सेमिस्टरका बिद्यार्थीलाई अनलाईन कक्षा सञ्चालन गरेको १० दिन नहुँदै शुल्क बुझाउन सूचना जारी गरेर आफूहरुलाई मानसिक रुपमा दवाव सिर्जना गरेको गुनासो गरे ।
कोरोना भाईरस (कोभिड–१९) का कारण त्रिबिको बिद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्ने सम्बन्धि निर्देशिका अनुसार क्याम्पसले स्नातक तथा स्नातकोत्तरका सबै कार्यक्रममा अनलाईन माध्यमबाट पठन पाठन सुचारु गरेको जनाएको छ ।
बिद्यार्थीको शैक्षिक वर्ष खेर नजाओर भन्ने त्रिबिको उद्देश्य अनुसार बिद्यार्थीलाई अनिवार्य सहभागिताका लागि सूसुचित गरिएको र अनलाईन कक्षामा सहभागि हुन नसकेका बिद्यार्थीलाई सहभागिताकालागि आग्रह समेत गरेको छ ।
क्याम्पसले भर्ना हुन बाँकी रहेका बिद्यार्थीलाई भदौ मसान्त सम्ममा भर्ना हुन र एक तिहाई शुल्क बुझाउन सूचना जारी गरेको हो । क्याम्पसले प्रकाशन गरेको सूचना प्रति बिद्यार्थीहरुले यस्तो महामारीको बेलामा बिद्यार्थीको मर्का बुझ्ने भन्दा पनि शुल्क उठाउनकालागि क्याम्पसले अनलाईन कक्षा सञ्चालन गरेको हो की भन्ने भएको बताए ।
क्याम्पसले भदौको ८÷९ गतेदेखि मात्रै अनलाईन कक्षा सञ्चालन गरेको र यति छोटो समयमै शुल्क बुझाउन ताकेता गर्नु उचित नभएको भन्दै ति बिद्यार्थीले त्रिबिले कक्षा सञ्चालन गर्न भने पनि शुल्क उठाउन नभनेको प्रतिक्रिया दिए ।

Share This
  • 281
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    281
    Shares