बुटवलको तामनगरमा रहेको कोरिया नेपाल इष्टिच्यूट अफ टेक्नोलोजीमा सञ्चालित आइसोलेशनमा रोटरी क्लवले आवश्यक सामाग्रि सहयोग गरेको छ ।
बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको उक्त आइसोलेसनमा बुटवलका मेयर शिवराज सुवेदीको आग्रहमा २५ थान ईलेक्ट्रिक जग, स्टिल गिलास, मास्क र ग्लव्स सहयोग गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
मेयर सुवेदीको आग्रहमा रोटरी क्लव अफ बुटवल साउथ र उसका भगिनी संस्था रोट्रयाक्ट क्लव अफ बुटवल साउथ तथा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले मेयर सुवेदीकै उपस्थितीमा उक्त सामग्रि सहयोग गरेका हुन् ।
उक्त आइसोलेसनमा कोराना भाईरस संक्रमित प्रहरी, कैदी बन्दी, नगरपालिकाका कर्मचारी तथा अरु समेत गरि ४० जना भन्दा बढि संक्रमित रहेको बताईएको छ । कोरोना महामारीबाट प्रभावितहरुलाई सहयोग गर्नकालागि रोटरी क्लव अफ बुटवल साउथले बुटवलको ट्राफिकचोकमा फूड बैक समेत सञ्चालन गरेको छ ।