लकडाउनले मात्रै समस्या समाधान होला ???

लकडाउनले मात्रै समस्या समाधान होला ???

विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण लामो समयदेखि मुलुक बन्दाबन्दी छ । सरकारले गत चैत ११ गते लागु गरेको लकडाउन करिव ४ महिनामा अन्त्य गरेपनि त्यसयता स्थानीय तथा जिल्ला प्रशासन कार्यालयले गरेको लकडाउनका कारण उद्योग व्यापार व्यबसाय झण्डै ६ महिना ठप्प छ ।
एकातिर उद्योग धन्दा व्यापार व्यबसाय ठप्प छ भने अर्को तिर बैंकको ताकेताले उद्योगी व्यबसायीलाई अफ्ठ्यारोमा पारेको छ । लकडाउन सुरु हुँदाका दिनमा राहत वितरणको समेत तछाडमछाड थियो तर आज राहतका हातहरु कता हराए ? उद्योगी व्यबसायीले यो प्रश्न उठाउन थालेका छन् ।
एकातिर लकडाउन छ अर्कोतिर आफैले नियमन गरेको लकडाउन कार्यान्वयन भएको छ छैन ? कुनै अनुगमन छैन । रोग एउटा छ, मान्छेको विवसता अर्कै छ । उद्योगी व्यबसायीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै प्रस्तुृत गरिएको छ ।

जीवन काफ्ले /
महासचिव, रुपन्देही उद्योग संघ

भारतीय तरकारी भारतीय नागरिक, नेपालमा व्यापार ! नेपालीलाई लक्डाउन ! स्थानीय सरकार कहाँ सुतेको छ ?? नेपालका उधोग बन्द बिदेशी सामान उत्पादन भै नेपालमा आयात हुदा नेपाली उधोग धरासायी, कुन मुखले कर उठाउँछौ सरकार ??

सुनिल मरासिनी /
अध्यक्ष, रुपन्देही सिद्धार्थ निर्माण व्यबसायी संघ

कोरोना भाइरसको महामारी एकातिर छ भने त्यो भन्दा ठूलो महामारी राज्यको अनुदार कदमले निम्त्याएको छ । केही समयको अन्तरालमा पटक पटक लकडाउन गर्ने भनेर केन्द्र तथा स्थानीय सरकारले गरेको निर्णयले व्यवसायीलाई अहिले दोहोरो मारमा पारेको छ । कोरोनासँग जुध्न उच्च मनोबलले अगाडि बढ्नुपर्ने बेलामा बैंकको व्याज, घरभाडा, कर लगायत राज्यलाई बुझाउनुपर्ने दायित्वबाट व्यवसायी पिल्सिएका छन् नै सामान गोदाममा थन्किएर बिग्रिने र नासिने अवस्थाले झनै ठूलो बिपत्ति निम्त्याउने देखिन्छ । निजी क्षेत्रमा काम गर्ने कर्मचारी तथा कामदारको अवस्था झनै नाजुक छ यो स्थितिमा सरकारले लकडाउनलाई मात्र समाधान नठानेर त्यसको बिकल्प खोज्नुपर्ने र आहत भएकालाई राहत दिने गरी छिटो भन्दा छिटो पुनरुत्थान र सहुलियतका कार्यक्रम ल्यायोस भन्ने जोडदार माग गर्दछु ।

कृष्ण पराजुली /
उपाध्यक्ष, रुपन्देही उद्योग संघ

छोटे राजाहरु ६ महिनासम्म एउटा आईसियु र भेन्टीलेटर नथप्ने लकडाउन थप्ने ?

दिनेश श्रेष्ठ /
बुटवल उद्योग बाणिज्य संघ, कार्यसमिति सदस्य

साना ब्यापारिका समस्या कस्ले सुन्ने हो, कहा सुनाउने हो, बुझिदिने कस्ले हो, बन्द कहिले सम्म हो, समाधान के हो, राहात हिजो त निकै चर्चामा थियो । यता राहात दिने चर्चा कतै छैन सम्बन्धित निकाय किन मौन छ, बैंकले सधै कमाउने हो कि यो बिपद्को बेला मलम पट्टि पनि लगाउने हो ??? बैंक जस्तै चलायर बसेकाको मन त के नै पग्लेलार तेहि पनि यो बिपद्मा मानवीयता देखाउने बेला त येहि हो, मर्नु त सबैलाइ पर्छ आखिर पैसा को मुठाले दाग बत्ति त कसैलाई पनि दिदैन क्यारे मनलाई अलिकति कमलो बनाउ, सेवाको भावना बिकास गरौ आज बिपत कसैलाई परेको छ भोलि तेहि बिपत आफ्नै घर नआउला भन्न सकिन्न ।

Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares