बुटवलमा एक मिलियन डलर पुरस्कार रहेको ‘हल्ट प्राइज’ प्रतियोगिता हुंदै

894

बुटवलमा एक मिलियन डलर पुरस्कार रहेको ‘हल्ट प्राइज’ प्रतियोगिता हुंदै

मदन शर्मा /

युवालाई उद्यमशिलताप्रति उत्प्ररित गर्ने उद्देश्यले बुटवलमा ‘हल्ट प्राईज’ प्रतियोगिता हुँदैछ । पोखरा विश्व बिद्यालय अन्तरगत क्रिमसन कलेज अफ टेक्नोलोजी (सिसिटी)ले अन्तर्राष्ट्रिय वार्षिक उद्यमशीलता चुनौती ‘हल्ट प्राईज २०२०/२१’ प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताकालागि सिसिटीका निर्देशक विजय गौतमको नेतृत्वमा आयोजक समिति समेत गठन गरिसकिएको छ ।
बिद्यार्थीकालागि ‘नोवेल पुरस्कार’का रुपमा लिईने उक्त प्रतियोगितामा विजेताले १ मिलियन अमेरिकि डलर प्राप्त गर्नेछन् । हल्ट बिजनेस स्कुल, हल्ट प्राइज संस्था र संयुक्त राष्ट्रसंघको सहकार्यमा खोलिएको यस प्रतियोगीताले युवा विद्यार्थीमा रहेको जोश, जाँगर र सामथ्र्यलाई उचित तबरले पहिचान गर्दै विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरुलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न सुनौलो अवसर प्रदान गरेको बताईएको छ ।
हरेक वर्ष विश्वव्यापी रुपमा सञ्चालन हुने यो प्रतियोगिताका लागि प्रत्येक वर्ष एउटा विषय तय गरिन्छ । अहिलेसम्म समृद्ध समाज निर्माणका लागि अति आवश्यक मानिने पानी, शिक्षा, बिजुली लगायतका विषयहरु छनोट भएका छन् । हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य’ (एस.डी.जि.एस.)मा केन्द्रित रहेर उद्यमशीलतालाई प्राथमिकता दिदै विषय घोषणा गर्ने गरेको छ । प्रतिस्पर्धीहरुले सोही विषयभित्र रहेर आफ्ना व्यापारिक र प्रेरणात्मक योजनाहरु प्रस्तुत गर्नुपर्ने हुन्छ ।
यो वर्षका लागि हल्ट प्राइजले खानालाई बाँच्नको लागि आवश्यकता मात्र नभई सामाजिक विकास र परिवर्तनको आधारको रुपमा रुपान्तरण (फूड फर गुड, ट्रान्सफरमिङ् फूड इन् टु अ भेहिकल फर चेन्ज) विषय चयन गरेको छ ।
खानाबाट बञ्चित भएकालाई खाना दिने, रोजगारीको सृजना गर्दै अर्थ–व्यवस्थालाई मजबुत बनाउने, खाना आपूर्ति सम्बन्धित गृहकार्य गरि परिणाममा सुधार गर्दै सन् २०३० सम्ममा करिब १ करोड बढी व्यक्तिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पु¥याउने यसको मुख्य उद्देश्य रहेको छ ।
यो प्रतियोगितामा ३/४ जना विद्यार्थी रहेको समुहले भाग लिन पाउनेछन् । क्याम्पस÷विश्वबिद्यालयमा हुने ग्राउण्ड प्रतियोगिताका विजेता रिजनल लेवलमा प्रतिस्पर्धा गर्नेछन् । रिजनलका विजेता एक्सेलेटर, हुँदै ग्लोवल फिनालेका विजेताले युएन हेडक्वाटरमा आफ्नो विजनेश आईडिया प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।
त्यस्तै ग्लोवर फिनालेका विजेतालाई व्यबसाय सञ्चालन गर्न सहयोग पुग्नेगरी १ मिलियन अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । कोरोना भाईरस संक्रमणको महामारीको समयमा पनि प्रतिस्पर्धिका लागि विभिन्न प्रकारका तालिम, वर्कशप तथा सेमिनार सञ्चालन गर्ने काममा निरन्तर काम भईरहेको क्याम्पसका निर्देशक गौतम बनाउनु हुन्छ ।