बीपिको सम्झना र १४ औं महाधिवेशन !

बीपिको सम्झना र १४ औं महाधिवेशन !

बिमलराज भट्टराई /

नेता परिवर्तनका वाहक हुन् । विश्वमा नयाँपनको चाहनाले नेतृत्वको जन्म भइरहेको हुन्छ । आफू बसेको समाजको अवस्था बुझ्ने र त्यहाको आवश्यकताको सम्बोधन गराउन तथा समस्याको समाधानकालागि पहलकदमी उठाउने ईच्छाशक्ति भएको, अगुवा नेता मानिन्छ । कुनै नेता विद्वान् र आकर्षण दुवै गुणले सम्पन्न हुन्छन् । समाजमा रहेका जनताको जीवनस्तरसंग उद्योग, व्यापार, स्वास्थ्य, शिक्षाको बारेमा जानकार हुन पनि जरुरी छ । जस्तै, भारतका महात्मा गान्धी र जवाहरलाल नेहरू, नेपालका विश्वेश्वरप्रसाद कोइराला, बेलायतका विन्स्टन चर्चिल आदि बौद्धिकता र राजनीतिक ज्ञानले सजिएका नेता हुन् । उनीहरूले आफ्नो देशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा ठूलो भूमिका खेलेका छन् । ली क्वानले सिंगापुरलाई नयाँ विकासको नमुनाका रूपमा अघि बढाई विश्वमा चर्चित भएका छन् । नेहरू र कोइरालाले आफ्ना कृतिमा विश्व र आफ्नो देशको चित्रण र विश्लेषण गरी आफ्नो व्यक्तित्वलाई अनेक किसिमले परिभाषित गरेका छन् । नेपाल र भारतमा गान्धी, नेहरू र कोईरालाकै व्यक्तित्व, लोकतन्त्रप्रतिको समर्पण, स्वच्छ छविका कारण उहांहरू प्रति श्रद्धा जनाईएको हो ।
नेपालको बहुआयामिक विकासका लागि दिगो ग्रामिण विकास पहिलो सर्त हो । यसले ग्रामिण समुदायमा बस्ने मानिसहरुलाई गाऊघरमै अवसर दिलाउँछ र गाँउमै बसेर पनि सन्ततिको सपना साकार पार्न सकिन्छ भन्ने विश्वास दिलाउन सक्छ । यसका लागि गाउँमा उत्पादनका साधनमाथि सर्वसाधारणको पहुँच आवश्यक पर्छ । प्रबिधी चाहिन्छ । राज्यले बजेट बनाउदा हलो जोती रहेको किसानको फोटो हेर्न गरीएको बीपी को आग्रहले यिनै कुराकों झल्को मेटाउछ । यसो गर्न पनि राज्यको पुनःसंरचना नै आवश्यक छ । गाऊं गांऊमा उत्पादन बितरण र बजारीकरणका माध्यमबाट यि कुरा संभब हुन सक्छन् ।
जस्तै अहिले कोरोना र गुर्जो चिनीलहरो शब्द धेरै उच्चारण भैईरहेको छ । गाउघरमा त्यसै खेर गईरहेको गुर्जोलाई चियाको रुपमा खान सकिने रहेछ । हरेक पालिकाले नागरिकलाई उत्पादन र बजारीकरणमा सहयोगी बन्ने हो भने हुन सक्छ । दालचिनी, अमला, हर्रो, बर्रो, अदुवा, बेसार, कागती, तुलसी, अकबरे आदी एक वार्ड एक उत्पादनमा जोड़ दिनसके सुनमा सुगन्ध हनेछ । त्यसैअनुरूप जमिन, गाई, हलो, झुपडी र सुग्घर, स्वस्थ र शिक्षा सहज जीवन प्रणाली बिपीका बिम्ब भएका छन् । आज विश्व परिबेश र नेपालको परिवेश पनि फेरिएको छ । भारतमा गान्धीले भनेको चर्खा र नेपालमा बिपीले दुधालु गाईमा जोड गर्नु भएको थियो । त्यसले ग्रामिण अर्थतन्त्रलाई बल पु¥याउने छ । कृषिमा मल र बिऊ समयमा नदिनु, उन्नत जातका पशु नश्ल नभित्र्याउनु, एकमात्रै पाउडर दुध उत्पादन गर्ने कारखान चितवन मिल्क लिमिटेड बन्द गराऊनु र मिल्क होलीडे बनाउनुले कृषक मारमा परिरहेका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन निर्धारित मिति आगामी फागुन र चैतमा नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन होला या नहोला, ती सम्मेलन होलान भन्ने आश छ । सहि नेतृत्व आयो भने यो देश समुन्नत, स्वस्थ र समृद्ध भयो भने म पनि सुखी हुन्छु । मेरो परिवार पनि ढुक्कसँग जीवन निर्वाह गर्न पाउनेछन् । जीवनकालमा जनताको जीवनस्तर सबल नहुने हो भने आजसम्म गरिएको राजनीतिक संघर्ष र परिवर्तनको कुनै औचित्य रहँदैन । पहल धेरै भए तर परिणाम खोई ? युएई, जापान, सिंगापुर, मलेसियाले बीस वर्षमामा गरेको उन्नति प्रगति हामी नेपालीले तीस वर्षमा गर्न सकेनौं किन ? यसमा हाम्रो नेतृत्व र दलहरू जिम्मेवार छन् । जसका कारण देश आजको दुर्दशामा झेलीन बाध्य परिरहेको छ । केही प्रगति बाहेक विगतका संघर्ष र आशा सबै निरर्थक साबित भएका छन् ।
अन्त्यमा १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रीय समितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक गरी ८ जना सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले मनोनीत गर्ने प्रावधान छ । विधान अनुसार टोलदेखि केन्द्रसम्म ८ वटा संरचना छन् । तीमध्ये टोल समिति बाहेक बाँकी ७ वटै संरचनामा कम्तीमा एक तिहाइ महिला हुनुपर्ने विधानले व्यवस्था गरेको छ । काँग्रेसको हरेक संरचनाको नेतृत्वमा महिला आउने र अन्य समावेशी कोटामा पनि सम्बन्धित जाति समुदायका महिला आउँदा र खुला पदमा पनि महिला आउन मिल्ने भएकाले सबै संरचनामा लगभग एकतिहाइ भन्दा बढी नै महिला हुने केन्द्रीय स्तरका महिला नेताहरुको अपेक्षा छ । तर पदाधिकारीमा भने कम हुने आंकड़ा देखिन्छन् ।

जय नेपाल ।

Share This
  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares