वीपिको सम्झनामा दीप प्रज्वलन

वीपिको सम्झनामा दीप प्रज्वलन

वीपि जयन्तीको अवसरमा वीपि कोईराला युवा नेतृत्व बिकास मञ्च रुपन्देहीले दीप प्रज्वलन गरेको छ । वीपिको १०७ औं जन्मजयन्तिको अवसरमा मञ्चले बुटवलको वीपि चोकमा १०७ वटा दीप प्रज्वलन गरिएको मञ्चका रुपन्देही जिल्ला अध्यक्ष छायाँ पोखरेलले जानकारी गराउनु भयो ।
त्यस अवसरमा बोल्ने नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले वीपिको नीति तथा सिद्धान्तलाई व्यबहारिक कार्यान्वयनका लागि अव युवाहरु अंगाडी बढ्नुपर्ने भनाई राख्नुभयो । वीपिले लिएका नीति तथा सिद्धान्त पार्टीको सम्पत्ति भएकाले त्यसको संरक्षण तथा जगेर्नामा पार्टी पनि गम्भिर हुनुपर्ने भनाई उहाँले राख्नुभयो ।
वीपि कोईराला युवा नेतृत्व बिकास मञ्चले आफूले जिल्लामा नेतृत्वको जिम्मेवारी प्रदान गरेपछि पहिलो पटक कार्यक्रम आयोजना गरिएको र मञ्चले अवका दिनमा वीपिका बिचार, नीति तथा सिद्धान्तलाई आम जनतामा पु¥याउनकालागि पुलको भूमिका निर्वाह गर्ने र त्यसको व्यबहारिक कार्यान्वयनका लागि संस्थाले पैरवी गर्ने मञ्च रुपन्देहीका अध्यक्ष पोखरेलले बताउनु भयो ।

त्यस अवसरमा नेपाली काँग्रेस महासमिति सदस्य दीर्घबहादुर केसी, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, नेपाल तरुण दल बुटवलका अध्यक्ष सुजन पुन, प्रदिप घर्ती लगायतले वीपिले त्यसवेला अंगाडी सारेका नीति तथा सिद्धान्त आजका दिनमा पनि उत्तिकै सान्दर्भिक रहेको र यसको सान्दर्भिकता अझै बढ्दै जाने भएकाले वीपिको नीति सिद्धान्तको प्रचार प्रसार र व्यबहारिक कार्यान्वयनमा पार्टीले पनि उत्तिकै ध्यान दिनुपर्ने भनाई राख्नुभएको थियो ।
त्यस अवसरमा नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव नेत्र भट्टराई, नगर सदस्य जयप्रकाश भट्टराई, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा, नेबिसंघका सुरज क्षेत्री प्रदिप गौतम लगायत काँग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Share This
  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares