कांग्रेस सरकारले ल्याएको संविधान संशोधन विधेयक अगाडि बढाउन एमाले तयार

338

कांग्रेस सरकारले ल्याएको संविधान संशोधन विधेयक अगाडि बढाउन एमाले तयार

aasfafकाठमाडौं,मंसिर । एमाले कांग्रेस सरकारले संविधान संशोधन विधेयक अगाडि बढाउन तयार भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटीले अघिल्लो सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो ।  ‘प्रदेशको सिमाङ्कन सम्बन्धमा उठिरहेका विभिन्न आवाजहरु र मान्यतालाई समाधान गर्नको लागि सर्वदलिय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय गर्‍यो,’ बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।

एमालेले पार्टीका शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । एमालेले वरिष्ठ नेता झलनाथ खनाललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख, पार्टी नेता माधवकुमार नेतालाई विदेश विभाग प्रमुख, सचिव भीम आचार्यलाई पूर्वाञ्चल संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

एमालेले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पार्टी केन्द्रीय कमिटीको सदस्यमा मनोनित गर्दै पार्टी स्थायी कमिटी सदस्यका रुपमा समेत जिम्मेवारी दिने  निर्णय गरेको छ ।

एमालेले भारतीय नाकाबन्दीका कारण दैनिक जनजीवनमा परेको कठिनाई र समस्यालाई सहज बनाउन बैकल्पिक विकल्पहरु अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘वर्तमान परिस्थितिको बारेमा छिमेकी मित्र राष्ट्रहरु लगायत अन्तराष्ट्रिय समुदायसँग प्रभावकारी कुटनीतिक पहलकदमी लिन सरकारको गम्भीर ध्यानाकर्षण गर्‍यो,’ बैठकको निर्णयमा भनिएको छ ।

एमालेले संविधानको कार्यान्वयन तथा संविधान निर्माणपछिको परिस्थितिबारे कार्यकर्तालाई जानकारी गराउन मंसिर २१ र २२ गते चितवनमा पार्टीको विशेष राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।