कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउँदै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही

कोरोना संक्रमण नियन्त्रणका लागि  जनचेतना फैलाउँदै रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही

सामाजिक सेवामा सक्रिय सामाजिक संस्था रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही कोरोना संक्रम नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गरेको छ । क्लवले पहिलो चरणमा बुटवल उपमहानगरपालिकाको १९ वटै वडामा जनचेतनामुलक सामाग्रि सहित माईकिङ् गरिएको क्लव अध्यक्ष गोपाल ज्ञवालीले बताउनु भयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण यस क्षेत्रमा पनि समुदाय तहमा फैलिएको र त्यसबाट बँच्न तथा थप संक्रमण फैलिन नदिनकालागि क्लवले अभियान सञ्चालन गर्नुपरेको उहाँ बताउनु हुन्छ । महामारीको संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैतदेखि लकडाउन गरेको थियो । लामो समयको लकडाउन पछि बिस्तारै बजार खुल्न थालेको र संक्रमणको जोखिम बढेकाले आम नागरिकलाई त्यसबाट बँच्ने उपाए, अपनाउनु पर्ने तौरतरिका लगायतका बिवषमा जानकारी गराउने जनचेतनामुलक सामाग्रि माईकिङ् गरिएको हो ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गर्न आम समुदायमा आह्वान गरिएको छ । विशेष गरी मास्कको अनिवार्य प्रयोग, सामाजिक दुरी (व्यक्ति व्यक्ति बिचको दुरी दुई मिटर) कायम गर्न, सावुन पानीले हात धुन तथा सेनिटाईजरको प्रयोगलाई जोड दिँदै माईकिङ् गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष ज्ञवालीले पहिलो चरणमा सञ्चार तथा सुरक्षा निकायलाई हेन्डवास मेसिन, मास्क वितरण, अन्तरक्रिया तथा समुदाय स्तरमा माईकिङ् गरिएको र यो कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । कोरोना भाईरस संक्रमण बिरुद्ध कुनै पनि औषधी नभएकाले यसबाट बँच्नु नै यसको पहिलो उपचार हो ।
गत बिहिबारदेखि क्लवले सञ्चालन गरेको पहिलो चरणको अभियान सम्पन्न भएको र आगामी दिनमा थप रचनात्मक कार्यक्रम सञ्चालन गर्ने क्लवले जनाएको छ । पहिलो चरणको कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभएको थियो भने समापन क्लवका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठले अहिलेको पहिलो काम कोरोना भाईरस संक्रमणबाट बँच्ने भएकाले यसको लागि क्लवले थप कार्यक्रमहरु ल्याउने बताउनु भएको थियो ।

Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares