आईसोलेशनमा लायन्स क्लवद्वारा स्वास्थ्य सामाग्रि सहयोग

आईसोलेशनमा लायन्स क्लवद्वारा स्वास्थ्य सामाग्रि सहयोग

लायन्स क्लव अफ बुटवलले कोरोना संक्रमित भएकाहरुलाई राखिएको बुटवलको एक आईसोलेशनमा स्वास्थ्य सामाग्रि प्रदान गरेको छ । क्लवले शुक्रबार बुटवल उपमहानगरपालिकाले एन्फा एकेडेमीमा सञ्चालन गरेको आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुका लागि पंखा सहित सेनिटाईजर र मास्क प्रदान गरिएको क्लवका सचिव प्रतिक पोखरेलले जानकारी गराउनु भयो ।

त्यस अवसरमा क्लवले उक्त आईसोलेशन सेन्टरकालागि ५ थान पंखा १० लिटर सेनिटाईजर र ५ सय प्रति मास्क प्रदान गरिएको जनाएको छ । क्लवका तृतीय उपाध्यक्ष शरदमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नरेश श्रेष्ठ, सचिव प्रतिक पोखरेल, कोषाध्यक्ष बासुदेव श्रेष्ठ लगायत सहभागि हुनु भएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares