अत्याधुनिक सेवा सहितको बुटवल हेल्थ केयर प्रा.लि.

अत्याधुनिक सेवा सहितको बुटवल हेल्थ केयर प्रा.लि.

बुटवलको मुटु मानिने अस्पताल लाईनमा अत्याधिुनिक प्रयोगशाला सहित बुटवल हेल्थ केयर प्रा.ली.ले स्वास्थ्य सेवा सुरु गरेको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका बिच पनि हरेक प्रकारका स्वास्थ्य सेवा सहित प्रयोगशाला सञ्चालनमा ल्याईएको प्रा.लीका सञ्चालक दिपु केसीले जानकारी दिनुभयो ।
संस्था सञ्चालनको सुरुवाती समयमा बुटवल हेल्थ केयरले जनरल फिजीसियन, हाडजोर्नी तथा नसा, जनरल सर्जरी, नाक, कान, घाँटी, छाला तथा यौन रोग, आँखा सम्बन्धि समस्या भएका बिरामीलाई लक्षित गरेर विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गरिएको उहाँले बताउनु भयो ।
आफ्नै फार्मेसी सहित सञ्चालन गरिएको बुटवल हेल्थ क्लिनिकमा आएका बिरामीलाई ल्याव परिक्षणकालागि अन्यत्र जान नपर्ने गरी अत्याधुनिक प्रयोगशाला सेवा समेत प्रदान गरिने अर्का सञ्चालक महेश शर्माले बताउनु भयो । उहाँका अनुसार उक्त प्रयोगशालामा बिशेष अफर सहितको होलबडी चेकजाँच, अत्याधुनिक ल्याव सेवा, भिडियो एक्स–रे, ईण्डोस्कोपी तथा कोलोनोस्कोपी, ईसीजी, ई.ई.जी., प्लाष्टर, मेमो ग्राम, घाँटीको ईण्डोस्कोपी सहितको माईनर अप्रेसन सेवा प्रदान गरिने छ ।


लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गरेका सञ्चालक तथा चिकित्सकहरुले सञ्चालन गरिएको संस्थाले बढी मुनाफा आर्जन गर्ने भन्दा पनि बिरामीको सेवालाई बढी जोड दिईने सञ्चालक पौडेल बताउनु हुन्छ । कोरोना महामारीको विषम परिस्थितीमा पनि बिरामीको स्वास्थ्य सेवामा खटिएको र कोरोना महामारी साम्य भएपछि अझै सेवा बिस्तार गरिने सञ्चालक तथा प्रवन्धक दिपु केसीले बताउनु भयो ।

Share This
  • 331
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    331
    Shares